Thursday, June 24

सुनको मूल्य प्रतितोला ३ सय घट्यो, हेरौं कतिमा हुँदैछ कारोबार

May 12, 2021 170

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघको आधिकारिक वेवसाईटका अनुसार छापावाल सुन आज वजारमा प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य भने ९१ हजार ५ सय रहेको छ।

हिजो मंगलबार छापावाल सुन ९२ हजार ३ सय र तेजावी सुन ९१ हजार ८ सयमा कारोबार भएको थियो। बैशाख महिनामा सुनको मूल्य अधिकतम ९२ हजार ३ सयसम्म पुगेको थियो भने न्युनतम ८९ हजार ८ सय सम्म झरेको थियो।

त्यसैगरी आज चाँदी भने १ हजार ३ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। हिजो यसको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ रहेको थियो। हिजोको तुलनामा आज चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। अन्तर्राष्ट्रिय बजारमा केही दिनयता लगातार बढ्न थालेको सुनको मूल्य बुधबार थोरै घटेको छ। सुन प्रतिऔंस १८३०.९४ डलर र चाँदी प्रतिऔंस २७ .३९ डलर भएको छ। मंगलबार सुन प्रतिऔंस १८३५.९४ डलर र चाँदी प्रतिऔंस २७.३५ डलरमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्