Tuesday, September 28

८४ बर्षको उमेरमा कोरियामा एक महिलाले पास गरिन हाइ स्कुल डिप्लोमा

May 13, 2021 473

पढ्नलाई उमेरले छेक्दैन भन्ने उदाहरण एक दक्षिण कोरियाली महिलाले पेश गरेकी छिन। ति’ब्र इच्छा शक्तिका अगाडी कसैको केहि लाग्दैन भने झै ८४ बर्षको उमेरमा एक महिलाले हाइ स्कुल डिप्लोमा पास गरेकी हुन। कोरियामा यो लेभल पास गर्ने उनि नै अहिलेसम्मकै सबैभन्दा पाको उमेरको व्यक्ति भएकी छिन। उनले हाइ स्कुल डिप्लोमा बराबरको पढाई पूरा गरेको मंगलबार छुङछनबुक्दोको शिक्षा अफिसले जानकारी दिएको छ।

जाङ अक सुन नाम गरेकी ८४ बर्षिया ति महिला स्वास्थले साथ दिएमा कलेज पढ्ने बताउँछिन। “मलाई कलेज पढ्न मन छ। यदि मेरो उमेर अझ १४ बर्षजति कम भइदिएको भए कुनै ड’र बिना म कलेज पढ्न जाने थिएँ। तर अहिले उमेर धेरै नै पा’को भएका कारण कलेज जान सक्छु सक्दिन चि’न्ता छ।” उनले भनिन।

जाङ अक सुनले मिडल स्कुल डिप्लोमा लेभल सन २०१७ को अगष्टमै पूरा गरेकी थिइन। सन २०१८ बाट नै उनले हाइ स्कुल डिप्लोमाको परिक्षा दिइरहिन। उनि लगातार अ’सफल भइन। उनि ६ पटक यस लेभलमा अस’फल भइन। तर यसबर्ष उनले सफलता हात पारिन। “गत बर्ष म एकदमै दु’खि भएँ किनकी मैले ५९.८५ प्रतिशत अंक ल्याएको थिएँ तर परिक्षामा न्युनतम ६० प्रतिशत अंक ल्याउने पास भएका थिए।” उनले दु’खेसो पोख्दै भनिन।

“मलाई गणित एकदमै मन पर्छ। मलाई यो विषय रमाइलो लाग्दछ। तर मलाई अंग्रेजी एकदम गा’ह्रो लाग्छ किनभने अंग्रेजीका शब्दहरु म सम्झन सक्दिन। तर यसपटक मैले पास गर्न सकें। एकदमै खुशी छु।” उनले भनिन। जाङ ख्यङसाङबुक्दो प्रदेशको विसङमा जन्मेकी हुन। बाल्यकालको बेला अरु बच्चाहरुजस्तै उनको परिवारमा पनि आर्थिक अ’भाव थियो जसका कारण उनि विध्यालय जान पाइनन। १९ बर्षको उमेरमा उनि जेछन सरिन र २५ बर्षको उमेरमा विवाह पनि गरिन।

“मैले प्रारम्भिक पढाई जापानी उप’निवेशका समयमा सुरु गरें। जापानी उप’निवेशबाट कोरिया मु’क्त भएपछि मेरो प्रारम्भिक पढाई पूरा भयो। तर कोरियन यु’ध्द’का विच मैले पढ्न सकिन। मैले सधैं पढ्नुपर्छ भन्ने सोच्ने गर्दथें तर मेरा श्रिमान ३० बर्षअघि वि’तेपछि झन मैले पढन सकिन किनभने परिवार चलाउन तथा वालबच्चा म ए’क्लैले हुर्काउन पर्यो।” उनले आफ्नो जीवन सम्झिदै भनिन। जाङले सन २०१६ मा सिनियर वेलफेयर सेन्टरमा आफ्नो छुटेको पढाई पुन सुरु गरेकी थिइन।

प्रतिकृया दिनुहोस्