Tuesday, September 28

कोरियामा विदेशी कामदारले हप्तामा औषतमा ५० घण्टा काम गर्ने गरेको पाइयो

May 13, 2021 540

कोरिया इन्स्टिच्युट फर हे’ल्थ एण्ड सोसियल अफेयर्सले गरेको एक अध्यन अनुसार कोरिया विदेशी आप्रवासी कामदारले हप्तामा औषत ५० घण्टा काम गर्ने गरेको पाइएको छ। त्यसैगरि अध्यन रि’पोर्टमा विदेशी आप्रवासी कामदारमध्ये पुरुषभन्दा महिलाको काम गर्ने तथा वस्ने ठाउँको अवस्था ख’राब हुने गरेको पाइएको छ।

कोरिया इन्स्टिच्युट फर हे’ल्थ एण्ड सोसियल अफेयर्सका अनुसार अहिले कोरियामा विदेशी कामदारले पाउने भिजा इ-९ (अद’क्ष विदेशी कामदार), एफ-४ (विदेशी कोरियन भिजा) र एच-२ (वर्किङ भिजिट भिजा) मा रहेका विदेशी कामदारले औषतमा हप्तामा ५० घण्टा काम गरिरहेका छन। इन्स्टिच्युटले यो रि’पोर्ट करिब १ हजार ४ सय २७ जना विदेशी आप्रवासी कामदारहरुसँग प्रत्यक्ष रुपमा लिएको इन्टरभ्युमा आधारित रहि तयार पारेको थियो। 

इन्स्टिच्युटले गरेको अध्यनमा २०.७ प्रतिशत आप्रवासी विदेशी कामदारले हप्तामा ६० घण्टाभन्दा बढि काम गरिरहेको भेटिएको छ। तर कोरियाको श्रम कानूनले कम्पनीहरुलाई आफ्ना कामदारहरुलाई हप्तामा बढिमा ५२ घण्टामात्र काम लगाउन अनुमति दिएको छ। अध्यन प्रतिवेदनका अनुसार १९.३ प्रतिशत पुरुष विदेशी कामदार तथा २४.१ प्रतिशत विदेशी महिला कामदारले हप्तामा ६० घण्टा काम गरिरहेको वताएका छन।

उनिहरुको मासिक औषत तलब सन २०१९मा २१ लाख १० हजार कोरियन वन रहेको पाइएको छ। तर को’रोनका कार’ण साना तथा मझौला अध्योगहरुमा अ’सर परेपछी उनिहरुको औषत तलब घटेर १८ लाख ६० हजारमा झरेको अध्यनले देखाएको छ। त्यसैगरी महिला तथा पुरुषमा लि’ङ्गकै आधारमा समेत तलबमा फरक रहेको पाइएको छ। औषतमा पुरुषहरुले मासिक २१ लाख ८० हजार वन तलब पाउने गरेका छन भने महिलाले १९ लाख ५० हजार वन पाएको देखिएको छ। विदेशी आप्रवासी कामदारहरुमा आफ्नो तलबमा कति खुशी हुने कुरामा १ देखि ५ रेटिङमा ३.१५ रेटिङ पाइएको छ। त्यसैगरी ४०.३ प्रतिशत कामदारले कम्पनीसँग श्र’म स’म्झौता नगरी काम गरिरहेको बताएका छन। 

प्रतिकृया दिनुहोस्