Monday, September 27

एकै दिन करिब २३ हजारले डि म्याट खोले

January 12, 2021 593

केहि समय यता डिम्याट खाता खोल्ने लहर नै चलेको छ। दिनानु दिन सर्वसाधारण लगानीकर्ताहरु डि म्याट खाता खोल्न  दौडा-दौड गरेको पाइन्छ।

हिजो अर्थात सोमबार एकैदिन करिब २३ हजार जनाले डिम्याट खाता खोलेकोो तथ्याङ्क बाहिरिएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडको हिजो पुस २७ गते सम्मको तथ्यांक अनुसार कुल २४ लाख ५१ हजार १७३ जनाले डिम्याट खाता खोलेका छन्। पुस २६ गते अर्थात आईतबार सम्म डिम्याट खाता खोल्नेको संख्या २४ लाख २८ हजार ३३४ जना थियो। यस तथ्याङ्कलाई हेर्ने हो भने एकै दिन २२ हजार ८३९ जना लगानीकर्ताले डिम्याट खाता खोलेको पुष्टि हुन्छ ।

प्रतिकृया दिनुहोस्