Thursday, June 24

नेपालले कामदार निर्यात गर्ने कोरियामा भिण्डी निर्यात गर्दै फिलिपिन्स

May 15, 2021 243

दक्षिण कोरियामा अब छिट्टै नै फिलिपिन्सले भिण्डी निर्यात गर्ने भएको छ। दुबै देशले तरकारीजन्य सामाग्री आयात निर्यात गर्न आवश्यक पर्ने प्रकृया पूरा गरेपछि केहि दिनपछि नै निर्यात सुरु हुने फिलिपिन्सको कृषि डिपार्टमेन्टले बताएको छ। फिलिपिन्सका कृषि सचिब विलियम डि दारका अनुसार सन २०२१ र २२ को सिजनमा लगाईएका भिन्डी कोरिया निर्यात गरिन लागेको हो। दक्षिण कोरियाका कृषि तथा खाध्यान्न मन्त्रिबाट यस्तो प्रस्ताव आएपछि निर्यातको काम सुरु हुन लागेको हो।

फिलिपिन्सको सरकारले सन २०१४ बाट नै दक्षिण कोरियालाई आफ्ना कृषिजन्य सामानहरु किनिदिनका लागि आग्रह गरिरहेको थियो। अहिले कोरियाले उक्त प्रस्तावमा सहमति जनाएपछि निर्यातको काम सुरु हुन लागेको हो। यो प्रकृया सुरु हुन लाग्नुले फिलिपिन्सको कृषि क्षेत्रमा एउटा ठूलो परिवर्तन आउने कृषि सचिव दारले बताए। अहिले सुरुवाति चरणमा कोरिया पठाइने भिन्डी त्यहाँको चारवटा फार्मबाट संकलन गरिनेछ।

“फिलिपिन्सको भिण्डी कोरियाको बजारमा प्रवेश पाउनुले त्यहाँको जनताको जीवनस्तर माथि उठ्ने मात्र नभइ त्यहाँका किसानहरुको आम्दानी समेत बढ्न गई यस बाहेक अन्य तरकारी तथा फलफूल समेत निर्यातको बाटो खुलेको छ।” दारले भनेका छन। फिलिपिन्स गएर कोरियाका कृषि तथा खाध्यान्न विज्ञहरुले अध्यन र निरिक्षण गरेपछि फिलिपिन्सलाई तरकारी पठाउन अनुमति दिइएको थियो।

अहिले दक्षिण कोरियामा फ्रिज गरिएको र सुकाइएको भिन्डी बजारमा आउने गरेको छ। यि प्रायजसो सबै चीनबाट कोरियामा आउने गरेका छन। भिण्डि कोरियामा अन्य तरकारीजस्तो धेरै खाईने तरकारी भने होइन। मुख्यगरी गाँजर, बन्दा, काँक्रो, आलु कोरियामा खाइने गरिन्छ।  गत सेप्टेम्बरबाट फिलिपिन्सले जापानमा भिण्डी निर्यात गर्न सुरुवात गरेको थियो।

प्रतिकृया दिनुहोस्