Tuesday, September 28

बौद्धनाथ स्तुप पहिला यस्तो रहेछ, हेरौं अ’चम्म लाग्ने पुराना तस्विरहरु

May 22, 2021 485

नेपाली मौलिक कलाले भरिपूर्ण, अर्थपुर्ण अनि संसारकै दोस्रो ठूलो र नेपालको सबभन्दा ठूलो चैत्यको रुपमा रहेको खास्ती चैत्य अर्थात बौध्दनाथ का’लक्रमको हिसाबले पाँचौ शताब्दीमा बनेको मानिन्छ। राजा मानदेवको पालामा। नेपालमा प्रमाण अनि पुरातात्विक अ’न्वेषणको अ’भावमा ऐतिहासिक कुराहरुको सम्बन्धमा किंव’दन्तीमा भर पर्नुपर्दछ। यसरी नै बौध्दनाथ स्तुपको (हामीले स्तुप भन्नुपर्छ या चैत्य, स्तुपा भन्दा अंग्रेजीमा हुन्छ। हाम्रो मौलिकता ह’राउँछ) बारेमा पनि किं’वदन्तीहरु पाइन्छन्।

बौध्दनाथको सन्दर्भमा नेपाली किं’वदन्ती यसप्रकारको छ।
राजा धर्मदेवले नारायणहिटी बनाएपछि (राजदरबार रहेको स्थानमा, पहिलेको उत्सव रेष्टुरेन्ट जाने बाटोमा) उक्त हिटी अर्थात् ढुंगेधारामा पानी नआएर ज्यो’तिषलाई देखाउँदा ३२ लक्षणले युक्त व्यक्तिको ब’लि दिएमा पानी आउँने कुरा राजाले थाहा पाउँछ। त्यसपछि राज्यमा आफू र छोरा मानदेव मात्र ३२ लक्षणले युक्त भएको कुरा थाहा पाएपछि राजा धर्मदेवले आफूलाई उ’त्सर्ग गर्ने हिसाबले छोरा मानदेवलाई औंशीको रातमा नारायणहिटीमा सेतो कपडाले छोपिएको वस्तुलाई २ टु’क्रा गर्न भनि आ’ज्ञा दिन्छ र आफै सो स्थानमा सेतो कपडाले छो’पेर बस्दछ।

मानदेवले बाबुको आ’ज्ञा शिरोपर गरी सेतो कपडाले छोपेको वस्तुको २ टु’क्रा गर्दछ। त्यसपछि नारायणहिटीमा पानी आउँदछ। तर मानदेवलाई साह्रै प’छुतो हुन्छ। त्यसकारण उनी साँखुमा रहेको गुँविहार (हाल बज्रयोगिनीको मन्दिर रहेको स्थान, यो विहार नेपालको लिखित इतिहासको आधारमा पहिलो विहार हो) मा गएर ध्यान बस्न जान्छन्।ध्यानमा बज्रयोगिनी आएर बाबु मारेको पा’पको प्रा’यश्चित गर्न एक जोडी वा एक वटा परेवा उडाउँदा जहाँ गएर बस्छ/छन्, त्यहाँ स्तुप बनाऊ भन्ने आज्ञा पाएपछि मानदेवले परेवा उडाउँदा हाल बौध्द स्तुप रहेको स्थानमा आएर बसेको पाएपछि स्तुप बनाउन सुरु गर्दछ। तर अनेकन् स’मस्याहरु आइरहन्छन्। त्यस्तैमा स्तुप बनाउदै गर्दा अ’निकाल परेर लामो समय पानी नपरेपछि पानीका मुहानहरु सु’क्दछन्। चैत्य त पुरा गर्न पर्यो। त्यसकारण मानिसहरुले जाडोयाममा फराकिला र लामा लामा कपडा भूईंमा ओछ्याएर शीत संकलन गरी चैत्य निर्माणलाई अघि बढाए। यसरी शीत अर्थात् खसु ति संकलन गरी बनाएकोले यसलाई स्थानीय नेवारी भाषा (नेपाल भाषा) मा खास्ती चैत्य भनिन्छ।त्यसपछि गोपालराज वंशावली, जुन १४औं शताब्दीमा राजा जयस्थिति मल्लले लेख्न लगाएका हुन्, मा राजा शिवदेव ( मानदेव पछिका राजा) लेख बौध्दनाथ स्तुप बनाए भनि लेखिएको छ। तिब्बतका राजा ट्रिसन डेट्सेन (Trison Detsen) (742 -797AD)ले पद्मसंभवलाई अ’ष्टाङ्ग द’ण्डवत् गरी भन्दछन्” गुरु, मैंले यस्तो अ’सभ्य तिब्बत देशमा गुरु शा’न्तरक्षित बोधिसत्वलाई ल्याएँ, साम्य गुम्बा बनाए, कमलको फूलमाथि जन्मिनु भएका तपाईलाई बोलाएर ल्याएँ। यहाँ सद्धर्मको प्रकाश जगाए। अब हजुरले जारोंग खास्योर (JARUNG KHASHOR) को संयोग बारे बताउनुस्”। त्यसपछि पद्मसंभवले ” राजन्, कल्पौं अघि नेपाल मण्डलमा एक जना केटी जसको नाम सम्बर्ण (तिब्बती भाषामा जाजिमा Jadzima)थियो। उनी व’यस्क भएपछि चारजना केटाहरुसंग मायाप्रिती बस्छ र प्रत्येकबाट एक एक जना छोरा पाउँदछिन्। पहिलो छोरा घोडापालकबाट, दोस्रो छोरा बंगुरपालकबाट, तेस्रो छोरा कुकुरपालकबाट र चौथो छोरा कुखुरापालक बाट पाउँछिन्। यिनी ए’क्लैले चारजना छोराहरुलाई हुर्काउछे। अनि आफ्नै परिश्रमबाट केहि धन जम्मा गरेपछि धर्मचित्त उत्पन्न हुन्छ र तत्कालिन राजाकहाँ गएर चैत्य बनाउन जग्गा मा’ग गर्दछिन्। राजाले बहुत सोचविचार गरी, एक गरीब कुखुरापालक केटी, जसले चारवटा सन्तान आफ्नै बलबुतामा हुर्काए, अब चैत्य बनाउने आँट गर्दैछे, गजब भयो यो त, भनि खुसी भएर जग्गा दिन्छ। त्यसपछि जाजिमा, चारभाइ छोराले एक गधा र एक हात्ती प्रयोग गरी चैत्य बनाउन सुरु गर्दछ। चैत्यको विशालतालाई देखेर केहि प्रभावशाली मानिसहरुले राजाकहाँ गएर चु’ग्ली लगाउँदा राजाले अनुमति दिइसकेको ( Khashor) अनि आफूले एकपटक मात्र बोल्ने (Jarung)भनी थप कुरा नगरेपछि चुग्ली लगाउनेहरुको बोली ब’न्द हुन्छ। यसरी असल कामको लागि दिइएको अनुमतिको अर्थमा Jarung Kashor हो। चैत्य बनाउन सुरु गरेको ४ वर्षपछि जाजिमाको मृ’त्यु हुन्छ। चारभाई छोराले चैत्य बनाउने कामलाई निरन्तरता दिन्छ र थप ३ वर्षको मेहनत पछि चैत्य पुरा हुन्छ। त्यसपछि असं’ख्य बुध्द र बोधिसत्वहरु आएर पुष्पबृष्टि गरी एकैस्वरमा ” अत्यन्त शुध्द चित्तले चैत्यको निर्माण गरेकोले जे प्रार्थना गरेपनि सो पुरा हुनेछ” भनेर घो’षणा भइसकेपछि, जेठो छोराले” मेरो पुण्यको प्रभावले तिब्बतमा राजा भएरबुध्दधर्म स्थापना गर्न सकु”। माहिलो छोराले” मैंले संघको स्थापना गर्न सकुँ”। साहिलो छोरोले “म मन्त्रधर ता’न्त्रिक यो’गी भएर मेरा दाजुहरुले स्थापना गरेको बुध्द धर्म र संघको रेखदेख गर्न सकुँ”। अनि कान्छोले ” म सबैलाई समन्वय राख्ने मन्त्री हुन पाउँ” भनेर प्रार्थना गर्दछ। “हामीले चैत्य बनाएको पुण्य स्वरुप वर्तमान अवस्थामा तपाई राजा Trison Detsenहुनुभयो, जसले तिब्बतमा बुध्दधर्म स्थापना गर्नुभयो। शा’न्तर’क्षित बोधिसत्वले भिक्षु भएर तिब्बतमा धर्मप्रचा’र गरी संघको स्थापना गर्नुभयो। म मन्त्रधर ता’न्त्रिक यो’गी भएर यी सबैको रे’खदेख गरिरहेको छु। मन्त्री भएर समन्वयकर्ताको रुपमा धार्मिक मन्त्री पद्मा गुत्सेन (Padma Gungtsen) हुन्। जाजिमा प्रामोहा देवी भएर सं’रक्षण गर्ने दे’वी भएकी छिन्। त्यसकारण चैत्य निर्माणको कर्मफलको कारण हामीले तिब्बतमा सद्धर्मको विजारोपण गर्न सकेका हौं ” भनेर पद्मसंभवले बौध्दनाथ स्तुपसंग आफूहरु र तिब्बतमा बौध्द धर्मको प्रचार बारे आठौं शताब्दीमा बताएका हुन्। जुन उसका अनेक “तेर्मा” मध्ये एउटामा भेटिएको हो। यसरी बौध्दनाथ स्तुपमा प्रार्थना गर्दा आफ्ना प्रार्थना हरु पूर्ण भएको भनेर पद्मसंभवले बताएको कारण अनेक कालदेखि आजसम्मन् तिबेतियनहरु आएर Jarung Khashorको दर्शन गर्ने चलन चलिआएको छ। फलस्वरूप Jarung Khashor Chhorten (Chhorten-स्तुप) को अर्थ प्रा’र्थना पुर्ण गर्ने चैत्यमा रुपान्तरित भएको छ।

प्रतिकृया दिनुहोस्