कोरोना भाइरसको जोखिमका कारण केहि महिनादेखि दक्षिण कोरिया जानका लागि भिजा आवेदनको काम पूर्ण रुपमा रोकिएको छ। भिजा आवेदन बाहेकका काम भने अहिले पनि एम्बेसीबाट भइरहेको छ। धेरैजसो बिध्यार्थीहरु एम्बेसी पुग्ने गरेको देखिन्छ।
कोरियाका बिश्व बिध्यालयहरुमा उच्च शिक्षाका लागि जानेहरुको संख्या अहिले ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ। अन्य देशहरुभन्दा प्रकृया सजिलो, आकर्षक रोजगार, हरेक हिसाबले सुरक्षित देखिएकाले बिध्यार्थीहरुको रोजाईमा अहिले दक्षिण कोरिया परेको हुनसक्छ। कोरियाली बिश्वविध्यालयहरुमा प्रवेश पाउनका लागि नेपालमा पढेको सबै कागजात सम्बन्धित विश्वविध्यालयबाट प्रमाणित गरी अन्तिममा नेपालमा रहेको कोरियन एम्बेसीबाट पनि प्रमाणित गर्नुपर्छ।
कोरोना भाइरसका कारण अहिले एम्बेसिमा पहिले नै समय बुक गरेर जानुपर्दछ। यदि समय बुक नगरी जानुभयो भने तपाईले दुख मात्र पाउनुहुनेछ तपाईको काम हुदैन। समय बुक गर्ने तरिका :
क) यो लिङ्कमा जानुहोस https://www.konepembappointment.com/
ख) माथिको लिङ्क क्लिक गरी खुल्ने वेवसाईटको तलतिर जानुस र Make Appointment मा क्लिक गर्नुस।
ग) त्यसपछि दायाँतिर रहेको उपयुक्त समयमा Tick लगाउनुस।
घ) दायाँतिर आफ्नो व्यक्तिगत विवरणहरु भर्नुस र Submit गर्नुस।
ङ) यति गरेपछि तपाईको समय सुरक्षित हुन्छ। उक्त दिन र समयमा एम्बेसीमा जानुस र आफ्नो काम गर्नुस।
कोभिडका कारण अहिले डकुमेण्ट भेरिभाईको काम ७ दिनको सट्टा १४ दिनमा हुन्छ। तपाईलाई डकुमेण्ट कहिले लिन आउने भनेर एम्बेसीका कर्मचारीले त्यहि दिन भन्नेछन्।
प्रतिकृया दिनुहोस्