Saturday, September 25

‘हाउसमेड’ कामका लागि विदशी भित्र्याउने सोचमा कोरिया

May 17, 2021 544

दक्षिण कोरियाले त्यहाँका नागरिकहरुको घरा’यसी काम गर्नका लागि हाउसमेडका लागि अब विदेशी भित्र्याउन छलफल अघि बढाएको छ। विदेशी हाउसमे’ड भित्र्याउन सके रोजगारी लागत तथा महिलाहरुको आर्थिक क्रियाकलापहरु बढ्न सक्ने आँ’कलन गरि यस्तो तयारी गर्न लागिएको हो।

कोरियाको श्र’म तथा रोजगार मन्त्रालयले केहि समय अघि कोरिया रोजगार वेलफयर तथा पेन्सन इन्स्टिच्युटका लागि एक रिसर्च गरेको थियो। जसले हाउसमेडका लागि विदेशी नागरिकलाई अनुमति दिने तथा महिलाहरुलाई आर्थिक गतिबिधीमा अझ प्रभावकारी रुपमा उपस्थित गराउने जस्ता कुराहरु गरेको थियो। कोरियाको अहिलेको का’नूनमा कोरियन र चीनमा रहेका कोरियन मूल भएका नागरिक, कोरियन सँग विवाह गरि आएका विदेशी नागरिकले मात्र हाउसमेडको काम गर्न पाउँदछन।

कोरियामा अहिले घ’रायसी काम तथा बा’लब’च्चाको हेरचाह गर्ने कामका लागि जनशक्तिको माग उ’च्च रुपमा बढ्न थालेपछि सरकारले यस्तो सोच अघि सारेको हो। त्यसैगरी हाउसमे’ड कामका लागि पर्याप्त जनशक्तिको अ’भावका कारण उनिहरुको लागत पनि ब’ढ्दो छ। “काम गर्ने जोडीलाई अहिले आफ्ना बालबच्चा हेर्न एकद’मै गा’ह्रो छ। हाउसमेड अथवा बाबुआमा नभई ब’च्चा हु’र्काउन सकिन्न।” एक ३४ बर्षिय अफिसमा काम गर्ने महिलाले भनिन जसको ३ बर्षको बच्चा रहेको छ। उनले थपिन “मेरो केशमा मैले ब’च्चा हुर्काउनका लागि मेरो आमा अथवा सासुआमा दुबैको सहयोग पाउन सकिन। त्यसैले मैले कामदार उपलब्ध गराउने २/३ वटा अफिसमा सम्पर्क गरि हाउसमे’डको व्यवस्था गरें तर उनिहरुको काम त्यति चि’त्तबुझ्दो भएन। तर पनि म उनिहरुलाई राख्न बा’ध्य छु किनभने अर्को काम गर्ने मान्छे पाउन ए’दमै मु’श्किल छ।

काम सम्बन्धि एक वेवसाईटका अनुसार गत बर्षको फेब्रुअरी देखि यस बर्षको जनवरीसम्ममा वेवसाईटमा घरायसी कामका लागि अ’त्याधिक मा’ग आएको छ। यस अवधिमा यस्ता कामदारको माग करिब ३२२.४ प्रतिशतले बढेको हो। त्यसैगरी कोरियाको तथ्याङ्क विभागको डेटाअनुसार पनि घरायसी कामदारको आ’पूर्ति ए’कदम कम छ। गत बर्ष कोरियामा काम गर्ने जोडीको संख्या ५० लाख रहेको थियो तर घरायसी काम गरिदिने हाउसमे’डको संख्या करिब १ लाख ५० देखि ४ लाखसम्म मात्र थियो।

यसरी यस्ता कामदारको आ’पूर्ति र माग विच अस’न्तुलन हुन जाँदा उनिहरुको ला’गत पनि बढेको छ। गत बर्षमात्रै घरायसी कामदारको लागत २३.१ प्रतिशतले बढेको थियो। ३० देखि ४० बर्षका कोरियनहरु यस्तो काम गर्न हि’च्किचाउन थाल्नु तथा कोरोनाका का’रण कोरियन पूर्खा भएका चिनियाँहरु कोरिया आउन नपाएपछि झनै स’मस्या सुरु भयो। यस्तो अवस्थालाई समाधान गर्न कोरियाको रोजगार मन्त्रालयले हाउसमेड कामका लागि पनि विदशी ल्याउने ‘मनसाय बनाएको छ।

प्रतिकृया दिनुहोस्