Friday, June 25

कोरिया OECD राष्ट्रहरुमध्येकै सबैभन्दा कम खुशी भएको देशमा पर्यो

May 20, 2021 393

अर्गानाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेण्ट (OECD) मा रहेका देशहरु मध्येकै सबैभन्दा कम खुशी भएको देशमा परेको छ। कोरियामा लामो समय काम गर्नुपर्ने, अरु देशको तुलनामा बृध्दबृध्दामा ग’रिबीको दर उ’च्च हुनु आदि कारणले कम खुशि भएका देशको शिर्ष स्थानतिर कोरिया परेको देशको थिङ्क ट्याङ्क मानिने कोरिया डेभलपमेण्ट इन्स्टिच्युटले बुधबार बताएको छ।

कोरियाको खुशिको लेभल सन २०१८ देखि २०२० को विचमा १० अङ्कमा औषतमा ५.८५ रहेको छ। OECD मा संग्लग्न खुशि देशहरुको लिष्टमा कोरिया ३७ देशमा ३५ नम्मरमा परेको छ। यो लिष्टमा ग्रिस र टर्किमात्र कोरिया भन्दा पछाडि रहेका छन। खुशी मापन गर्ने अङ्कको १० मा ग्रिसको ५.७२ अङ्क छ भने टर्किको मात्र ४.९५ अङक रहेको छ।

सबैभन्दा खुशी देशमा ७.८४ अङ्कसहित फिनल्याण्ड शिर्षस्थानमा रहेको छ। फिनल्याण्ड लगातार ३ बर्षदेखि खुशी देशको शिर्ष स्थानमा रहँदै आइरहेको छ। फिनल्याण्डपछि सबैभन्दा खुशी देशमा डेनमार्क रहेको छ। डेनमार्को ७.६२ अङ्क रहेको छ। खुशी इण्डेक्सको तेश्रो स्थानमा ७.५७ अङ्क सहित स्विजर्लयाण्ड परेको छ। स्विजनरल्याण्डपछि ७.५५ अङ्कसहित आइसल्याण्ड छ भने त्यसपछि ७.४६ अङ्कसहित नेदरल्याण्ड रहेको छ। नेदर्याण्डपछि नर्वे र स्विडेनको क्रमश ७.३९ र ७.३६ अङ्क रहको छ।

युनाइटेड नेशन्स अन्तरगतको डेभलपमेण्ट सोलुसन ने’टवर्कले विभिन्न देशहरुको अर्थतन्त्रका विभिन्न भागहरुको सर्भे गरि विभिन्न तरिकाबाट खुशी इण्डेक्स निकाल्ने गर्दछ। गत बर्ष विश्वकै दशौं ठूलो अर्थतन्त्र भएको देश बन्न सफल भएतापनि जनताको जीवनस्त’र र खुशियाली भने क’म भएको देशमा कोरिया परेको हो। चीनबाट आउने पहेंलो धूलोका कारण कोरियामा हने वायुप्रदु’ष पनि यस इण्डेक्सलाई प्र’भाव पार्ने एक का’रण हुन सक्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्