नेपाली सेयर बजारमा अर्को एउटा लघुवित्तको आइपिओ आउने भएको छ। नेष्डो समृध्द लघुवित्त वित्तिय संस्थाले साधारण सेयर जारी गर्न लागेको हो। कम्पनीले म्युचुअल फण्ड, आफ्ना कर्मचारी र सर्वसाधारणका लागि गरेर कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर नि’ष्काशन गर्न लागेको हो। कम्पनीले आइपिओ नि’ष्काशन तथा विक्रीका लागि इ’स्यु मेनेजरका रुपमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरिसकेको छ।
आइपिओ निष्का’न तथा बिक्रीका लागि ग्लोबल आइएमइ क्यापिटल र नेष्डो समृध्द लघुवित्त वित्तिय संस्थाबिच स’म्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको छ। कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विश्वप्रकाश प्रसाई र ग्लोबल आइएमइ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकालले हस्ताक्षर गरेका छन।
कम्पनीको जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ भने चुक्ता पूँजी १७ करोड २१ लाख ५० हजार रुपैयाँ रहेको छ। आइपिओ विक्री पश्चात कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ। नेष्डो समृध्द लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रिय कार्यालय पर्वत जिल्लाको कुश्मामा रहेको छ। यस लघुवित्तको अहिले ५६ वटा शाखा कार्यालयहरु रहेको छ। यस कम्पनीले अहिले ५६ वटा शाखा कार्यालयहरुबाट ७८ हजार घरधुरीहरुलाई लघुवित्तिय सेवा पुर्याईरहेको छ।
प्रतिकृया दिनुहोस्