January 13, 2021 659
चालु आर्थिक बर्ष दोश्रो त्रैमासको अन्तिम दिन आज एकै दिन ३२ ओटा कम्पनीले साधारणसभा बोलाएका छन्। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीले पुस मसान्तभित्रमा साधारण सभा गरी सक्नुपर्ने भएकाले एकै दिनमा धेरै कम्पनीले साधारणसभा बोलाएका हुन्। आज साधारणसभा बोलाएका ३२ ओटा कम्पनीमध्ये आठ ओटा वाणिज्य बैंक, सात ओटा वित्त कम्पनी, आठ ओटै लघुवित्त कम्पनी, दुई ओटा जलविद्युत् कम्पनी, दुई ओटा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, हाइड्रो इलेक्ट्रिसीटी लिमिटेड, चन्द्रागिरी हिल्स, हिमालयन डिष्टीलरी र सोल्टी होटल छन्।
कोरोना भाईरस जोखिमका कारण यसपाली सबै कम्पनीहरुले भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने गरेका छन्।
प्रतिकृया दिनुहोस्