Friday, June 25

एक अविवाहित महिलाले कृत्रिम ग’र्भधारण गरि बच्चा जन्माएपछि कोरियाले बदल्दै परिवारकै परिभाषा

May 21, 2021 355

दक्षिण कोरियाको सउलमा बस्ने जापानी टिभी प’र्सनालिटी सायुरी आजकाल विहान ४ बजे नै उठ्छिन। उनको ५ महिनाको बच्चा स’बेरै उठ्ने भएपछि विहानै उठ्नुको वि’कल्प नभएको उनि बताउँछिन। आफ्नो बच्चाको हेरचाह र खाना खुवाउँदै गर्दा उनले विहानको खाजा खानै वि’र्सिन्छिन।

उनि अ’विवाहित नारी हुन जसले ए’कल आमा हुने नि’र्णय लिइन। उनले आफ्नो छोरा जेनलाई कृ’त्रिम ग’र्वाधारणका माध्यमबाट जन्म दिएकी थिइन। उनका बाबु छैनन। उनको दिन रा’तको जीवन सं’घर्षलाई कोरियाको केबिएस टेलिभिजनले हरेक आइतबार प्रशारण गर्ने गर्दछ। केबिएस टेलिभिजनको प्र’ख्यात बच्चा सम्बन्धि कार्यक्रम “द रिटर्न अफ सुपरम्यान” मा उनको जिवन सं’घर्षलाई देखाइदै आएको छ।

“मलाई लाग्दछ कि मैले मेरो बच्चालाई अरु आमाहरुले जतिकै माया गर्नुपर्दछ। मलाई विश्वास छ मेरो बच्चाले ए’क्लो म’हशुस नगरोस, उसले पछी आफ्नो बुबा नखो’जोस।” उनले कार्यक्रममा भनेकी छिन। उनि जापानी नायिका तथा लेखक पनि हुन। उनले सन २००७ बाट दक्षिण कोरियामा “ग्लोबल टक सो” नामक प’पुलर कार्यक्रम सन्चालन गरि आफ्नो करिअर सुरु गरेकी थिइन। उनले गत नोभेम्बरमा सोसल मि’डिया मार्फत आफू जापानको स्प’र्म बैंकबाट स्प’र्म लिई विना विवा’ह छोराको आमा बन्न लागेको बताएकी थिइन।

पाठेघरमा स’मस्या भएकाले उनले यस्तो तरिकाले बच्चा जन्माउने नि’र्णय लिएको बताएकी छिन। उनले कृ’त्रिम ग’र्भाधारणका लागि जापान जानुपरेको थियो किनकी कोरियामा अविवाहित महिलाले टेष्ट ट्युव बेबी र बच्चा धर्मपुत्र पाल्न न’पाइने नि’यम रहेको छ। कोरियाको का’नुनमा डाक्टरहरुलाई का’नूनी रुपमा विवाहित महिलाको मात्र कृ’त्रिम ग’र्भाधारण गराउने अनु’मति दिइएको छ। “मलाई थाहा छ बच्चालाई उसको बुबा आवश्यक पर्दछ तर अन्य अ’वस्था र बा’ध्यता पनि हेर्नुपर्ने रहेछ। म मेरो कुकुरलाई असाध्यै माया गर्दछु। हामी र’गतको नाताले बाँधिएका छैनौं तर हामी सँगै धेरै समय विताउँछौ। मलाई मेरो कुकुर पनि आफ्नै परिवार जस्तो लाग्दछ।” उनले भनेकी छिन।

सायुरीको यो कुराले दक्षिण कोरियालाई पनि परिवारसम्बन्धि परम्प’रागत परि’भाषा अब ब’दल्नुपर्ने कुरा सोच्न बा’ध्य बनाएको छ। केहि मानिसहरुले ए’कल आमा बन्ने कुराले विवाह र जन्म जस्ता कुरामाथि नै प्रश्न उ’ठाएकाले यस्तो कुरालाई का’नुनी मा’न्यता दिन नहुने भनिरहेका छन भने  कतिपयले बद’लिँदो सोच र अ’वस्थालाई आत्मसाथ गर्नुपर्ने आ’वाज उ’ठाइरहेका छन। अहिले कोरियामा विवाह नगर्ने तथा बच्चा नजन्माउने अ’वस्था ब’ढ्दै गइरहेकाले अब परम्प’रागत परिवारको परिभा’षालाई प’रिवर्तन गर्नुपर्ने धेरैको मा’ग रहेको छ।

प्रतिकृया दिनुहोस्