Thursday, June 30

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपिओ आउँदै

January 13, 2021 924

प्रिमियममा आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावसहित सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ।

यहि पौष २६ गते आइतबार बसेकाे यस कम्पनीको सन्चालक समितिकाे बैठकको गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा माघ २२ गते बिहीबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बत्तीसपुतली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

यस विषेश सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रिमियममा निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दैछ।

यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्