Tuesday, June 22

प्रवासी नेपाली मञ्च कोरियाको वेइजङ्बु संयोजकमा जयराम रिमाल

May 22, 2021 219

सउल, दक्षिण कोरिया। प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको वेइजङ्बु क्षेत्रका संयोजकमा जयराम रिमाल नियुक्त भएका छन। उनलाई प्रवासी नेपाली मञ्च दक्षिण कोरिया केन्द्रिय कार्यसमितीको बैठकले उक्त पदमा नियुक्त गरेको हो। मञ्चको बैठक भर्चुल रुपमा बसेको थियो। शुभराज भोम्जनको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

नेपाल कम्युनिष्ट पार्टि एमालेको भातृ संगठनको रुपमा विभिन्न देशहरुमा प्रवासी नेपाली मञ्चले काम गरिरहेको छ। विभिन्न देशहरुमा छरिएर रहेका आफ्ना कार्यकर्ताहरुलाई संगठित एवम क्रियाशिल बनाउने उदेश्यले सन १९९६ मा प्रवासी नेपाली मञ्च गठन भएको थियो।

यो पनि पढौं : नेकपा बि’बाद कोरियामा, माधव-प्रचण्डले गर्यो ‍ओली समूहलाई का’रबाही

प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले गत पौष ५ गते संसद वि’घटन गरेसँगै देखिएको नेकपाको विवाद ७ समुन्द्रपारी कोरियामा समेत देखिएको छ। नेकपा समर्थित प्रवासी नेपाली एकता मञ्च अहिले २ खेमामा बाँडिएका छन्। गत जनवरी १० तारिख प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको प्रमुख आथित्यमा भर्चुअल रुपमा बसेको बैठकले सृजना नेपालीलाई अध्यक्ष सहित नयाँ कमिटि गठन गरेपछि प्रचण्ड माधव नेपाल समूहले अ’नुसासनको  का’रबाहि स्वरुप पार्टिबाट नि’कालेको हो।

प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष दिलीप धितालबाट हस्ताक्षरित बिज्ञप्तीमा मन्चका केन्द्रिय सदस्यहरु सृजना नेपाली, अन्जन राई, विनोद खनाल, माधव अर्याल लगाएतलाई साधारण सदस्यसमेत नरहने गरि संगठनबाट निकालिएको भनिएको छ।

प्रवासी नेपाली एकता मञ्चले प्रधानमन्त्रीको संसद विघटनको  कदमलाई  आफ्नो निहित स्वा’र्थ सिध्दको संज्ञा दिँदै जनमतको अ’पमान भएकाले उक्त कदमको घो’र भ’र्त्सनासमेत गरेको छ।

प्रतिकृया दिनुहोस्