Saturday, September 25

कोरियामा विदेशीहरुको संख्या ५० महिना यताकै सबैभ’न्दा कम

May 23, 2021 454

दक्षिण कोरियामा विदेशीहरुको संख्या गत ४ बर्षयताकै स’बैभन्दा क’म भएको छ। कोरियाको सरकारी तथ्याङ्कका अनुसार को’रोना भा’इरसका कारण विदेशीहरुको संख्या घ’ट्न गएको हो। कोरिया इमिग्रेशन सर्भिसका अनुसार त्यहाँ बसोवास गरिरहेका छोटो अवधिको भिजा भएका र लामो अवधिको भिजा भएको दुबै गरि अप्रिल महिनासम्ममा १९ लाख ९० हजार विदेशी रहेका छन। यो संख्या अघिल्लो महिनाभन्दा ९ हजार कम हो। मार्च महिनामा कोरियामा १९ लाख ९९ हजार विदेशी रहेका थिए।

अप्रिल महिनाको विदेशी संख्या गत ५० महिना यताकै न्यू’न हो। यसअघि सन २०१७ फेब्रुअरीमा कोरियामा १९ लाख ८६ हजार जना विदेशी रहेका थिए। पहिलो पटक सन २००७ मा कोरियामा विदेशीहरुको संख्या १० लाख नाघेको थियो। त्यसपछिका बर्षहरुमा ल’गातार विदेशीहरुको संख्या बढ्यो। सन २०१२ मा १४ लाख ५० हजार पुगेको यो संख्या सन २०१४ मा १८ लाख पुगेको थियो। सन २०१६ मा विदेशीहरुको संख्या २० लाख ४० हजार पुगेको थियो भने सन २०१८ मा २३ लाख ६० हजार पुगेको थियो।

सन २०१९ हो डिसेम्बर महिनामा अहिले सम्मकै सबैभन्दा धेरै विदेशीहरुको संख्या भएको कोरियामा त्यसपछिका १६ महिना ल’गातार विदेशी घ’ट्न थाले। सन २०२० को जनवरीबाट पहिलोपटक घ’ट्न थालेको विदेशी संख्या त्यसयता घ’टिरहेको छ। सन २०२० जनवरीमा २४ लाख २० हजार विदेशी कोरियामा रहेका थिए।

सन २०१९ डिसेम्बरको तुलनामा ला’मो अवधि वसोवास गर्ने अर्थात ९० दिनभन्दा बढि वसोवास गर्ने विदेशीहरुको संख्या ९.२ प्रतिशतले घ’टेको छ भने छोटो अवधि अर्थात ९० दिनसम्म बस्ने विदेशीहरुको संख्या ४७.२ प्रतिशतले घ’टेको पाइएको छ। घुम्न आउने पर्यटकहरु को’रोनाका कारण आउन नपाएपछि छोटो अवधि वसोवास गर्नेहरुको संख्या उ’ल्लेख्य घ’टेको हो।

अहिले कोरियामा चीनका नागरिक स’बैभन्दा धेरै रहेका छन। उनिहरुको संख्या ८ लाख ६५ हजार ८७ जना रहेको छ। चीनियाँहरुको संख्या पनि गत डिसेम्बरको तुलनामा २१.४ प्रतिशतले घटेको हो। यस संख्यामा कोरियन पु’र्खा भएका चिनियाँहरुको संख्या धेरै रहेको छ। उनिहरुको संख्या ६ लाख २२ हजार ८ सय ४३ छ।

चिनियाँ पछि दोश्रो नम्मरमा भियतनाम र तेश्रो नम्मरमा थाईल्याण्डका नागरिक धेरै छन। कोरियामा भियतनामीहरु २ लाख ९ हजार ७ सय ७२ छन भने थाइल्याण्डका नागरिक १ लाख ७६ हजार ४ सय ६७ छन। यि संख्यामा धेरैजसो श्र’मिक तथा कोरियन नागरिकसँग वि’वाह गरि आएकाहरु पर्दछन। चौथो नम्मरमा अमेरिकनहरु छन। उनिहरुको संख्या १ लाख ४५ हजार ४ सय ६५ छ जसमा २८ हजार ५ सयजना अमेरिकी से’ना पनि पर्दछ। त्यसपछि भने उजबेक नागरिक ६४ हजार ५ सय ५६, फिलिपिन्सका नागरिक ४८ हजार ४ सय ६९, मंगोलियाका ४० हजार ९ सय २५, नेपाली ३७ हजार ३ सय ६७, इण्डोनेशियाका ३५ हजार ३ सय ६० जना रहेका छन।

प्रतिकृया दिनुहोस्