Tuesday, June 22

भिजा परिवर्तन हुँदैमा विदेशीलाई स्वास्थ बीमाबाट ब’ञ्चित नगरियोस : कोरिया मानव अधिकार

May 27, 2021 234

दक्षिण कोरियामा स्वास्थ बीमामा पहिले आवध्द भइसकेका विदेशीहरुलाई उनिहरुको भिजा परिवर्तन हुँदैमा बीमाबाट ब’ञ्चिन नगर्न त्यहाँको मान’व अ’धिकार आयोगले मंगलबार सरकारलाई आ’ग्रह गरेको छ। मान’व अधिकार आयोगले भनेको छ कि भिजा परिवर्तन हुनु अघि राष्ट्रिय स्वा’स्थ बीमा कार्यक्रममा आ’वध्द भइसकेका विदेशीहरुलाई भिजा परिवर्तन कै का’रण स्वा’स्थ बीमाबाट ब’न्चित नगरियोस।

कोरियाको राष्ट्रिय मानव अधिकार आयोगले ‘आप्रवासी कामदारसँगको जोइन्ट कमिटि’ का प्रमुख को गि बुकले सुरु गरेका पेटिनसनको विषयमा आफ्नो धारणा ब्यक्त गर्दै यस्तो मा’ग सरकारसँग राखेको हो। को गि बुकले एक इण्डोनेशियन आप्रवासी कामदारको स’मस्याको समा’धानका लागि पेटिनसन सुरु गरेका थिए।

इण्डोनेशियाका एक ३० बर्षिय कामदार सन २०१५ मा कोरिया प्रवेश गरेका थिए। उनि इपिएस अन्तर्गत इ-९ भिजामा कोरिया आएका हुन। उनि ख्यङगीदो प्रदेशको एक कारखानामा ४ बर्ष १० महिना काम गरे। उनि यस अवधिमा राष्ट्रिय स्वा’स्थ बीमामा आवद्ध भए। उनले काम गरेको कम्पनीको साहूले उनको बी’मा गरिदिएको थियो। सन २०२० को नोभेम्बर महिनामै उनको भिजा सकिए पनि उनले कोरिया छा’ड्न सकेनन किनकी उनलाई कम्पनीले काम गरेको तलब दिएको थिएन। तलब नपाएपछि उनि कम्पनीबि’रुध्दमा का’नूनी प्रकृयामा थिए। सरकारले उनलाई का’नूनी फै’शला नहुनजेल कोरियामा अस्थाई रुपमा बस्नका लागि जी-१ भिजा दिएको थियो।

तर उनलाई राष्ट्रिय स्वा’स्थ बीमाले त्यसमा आ’वध्द हुन दिएन। किनकी उनको भिजा परिवर्तन भइसकेको थियो। कम्पनीले तलब नदिएका कारण का’नूनी उ’पचार खोजिरहेका उनि कोरियामा कति समय थप बस्नुपर्ने हो ठेगान छैन। कम्पनीमा काम गर्ने क्रममा उनको हातमा चो’ट लागेको थियो। यस्तो अवस्थामा बीमा नभइदिँदा उनलाई स’मस्या पर्यो।

‘आप्रवासी कामदारसँगको जोइन्ट कमिटि’ का प्रमुख को गि बुकले यस बि’रुध्द पेटीनसन सुरु गरे। को’रोना म’हामा’रीका बिच विदेशीलाई राष्ट्रिय स्वा’स्थ बीमा बाट बन्चित गरिनुहुँदैन भनेर उनले आवाज उठा’एका छन। यसको साथ दिँदै कोरियाको राष्ट्रिय मानव अ’धिकार आयो’गले समर्थन गरेको छ।

प्रतिकृया दिनुहोस्