Tuesday, September 28

एनआरएनए कोरियाको सहयोगमा स्वास्थ सामाग्री नेपाल भित्रिदै

May 26, 2021 360

नेपालमा को’रोना म’हामा’रीको स्थिती बिग्रँदै गएपछि दक्षिण कोरियाले नेपाललाई २ लाख अमेरिकी डलर बराबरको स्वा’स्थ्य सामाग्री सहयोग गर्न लागेको छ। यो सहयोग गैह्र आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको पहलमा यि स्वास्थ सामाग्री नेपाललाई प्राप्त हुन लागेको हो।

एनआरएनए दक्षिण कोरियाले एक बिज्ञप्ति जा’री गरी कोरियाबाट यस्तो सहयोग नेपालले पाउन लागेको जानकारी दिएको छ। बिभिन्न समयमा गैह्र आवासिय नेपाली संघ कोरिया समन्वय परिषदका तर्फबाट अध्यक्ष यज्ञराज सूवेदी तथा महासचिव डा. विमल सुवेदीले दक्षिण कोरियाका सांसद तथा नेपाल दक्षिण कोरिया संसदिय समितीका सभापति इ साङ ह्युनसँग भेट गरेका थिए। उनिहरुले कोरियाका सत्तारुढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख खो यङ यिनलाई समेत भेटि नेपालमा फै’लिएको दोश्रो चरणको को’रोना म’हामा’रिका बिषयमा जानकारी गराउँदै यस्तो परिस्थि’तीमा कोरिया सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अ’नुरोध गरेका थिए।

उक्त अ’नुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आ’कस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन स’म्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद दक्षिण कोरियालाई जानकारी गराएको एनआरएनए दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिएका छन।

उक्त सह’योग समाग्री नेपाली राजदूतावास सउलसँगको स’मन्वयमा तत्काल नेपाल पठाइने भएको छ भने अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र वि’कल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप स’मन्वय गरिरहेको पनि सांसद खो यङ् यिनले जानकारी दिएको महासचिव डा सुवेदीले बताए।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सहयोग प्राप्त हुने उक्त स्वास्थ्य साम्रगीले नेपालको को’रोना म’हामारी नि’यन्त्रणमा सहयोग पुग्ने वि’श्वास लिएको बताएको छ।

प्रतिकृया दिनुहोस्