Tuesday, June 22

रिलिज अघि नै ४ सय ७५ करोड कमायो ‘आरआरआर’ ले

May 26, 2021 179

मुम्बई । बाहुबलीको सफलता पछि दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको नयाँ फिल्म आरआरआरको अहिले विश्वव्यापी प्रतीक्षा छ । यो फिल्मले रिलिज अघि बसैभन्दा महँगो डिजिटल राइट्समा बिक्री भएको रेकर्ड यतिबेला बनाएको छ ।

फिल्म आरआरआरको रिलिज कोरोनाकै कारण हाललाई रोकिएको छ । तर, यो फिल्म डिजिटल प्लेटफर्म (ओटिटी)का लागि अहिलेसम्मकै महँगोमा बिक्री भएको छ ।

यो फिल्म यतिबेला डिजिटर र सेटेलाइट राइट्सका लागि ३ सय २५ करोड भारतीय रुपैयाँमा बिक्री भएको निर्देशक राजामौलीले बताएका छन् । जिम्पनीले यो राइट ३ सय २५ करोडमा किनेको हो ।

यस्तै, उत्तर भारतका लागि पेन इन्डिया कम्पनीले यो फिल्मको सिनेमा हल, संगीतसहित विभिन्न डिजिटल राइट यसअघि नै १ सय ५० करोडमा खरिद गरिसकेको छ । यसरी आरआरआर फिल्म रिलिज हुनुभन्दा अघि नै ४ सय ७५ करोड भारतीय रुपैयाँ यो फिल्मले उठाइसकेको छ ।

कोरोनाको संक्रमण भारतमा मत्थर भएपछि आफ्नो फिल्म आरआरआर रिलिज गर्ने भन्दै उनले तीन दिनअघि फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।

फिल्मलाई अब सिनेमा हलसँगै डिजिटल प्लेटफर्ममा सँगै रिलिज गरिने भएको छ । यो फिल्म विभिन्न भाषामा निर्माण भइरहेको छ । सन् २०२१ को सबैभन्दा महँगो बजेटको फिल्मका रूपमा आरआरआरलाई लिइएको छ ।

बाहुबलीको शृंखलापछि निर्देशक राजमौलीले यो फिल्म निर्देशन निर्माण गरेका हुन् । फिल्ममा साउथ इन्डियन सुपरस्टारहरू राम चरण, जुनियर एनटीआरसँगै बलिउडबाट अभिनेता अजय देवगन, अभिनेत्री आलिया भट्टलगायतका कलाकार छन् । राजधानी डेली बाट

प्रतिकृया दिनुहोस्