Tuesday, June 22

कोरियाको प्रमुख प्र’तिपक्षी पार्टि प्रमुखमा ३६ बर्षिय युवा आउन सक्ने, पहिलो चरणमा पाए सर्वाधिक भोट

May 28, 2021 274

दक्षिण कोरियाको रा’जनितीमा एक युवाको उदय हुन सक्ने सम्भावना बढेको छ। अहिले सम्म सांसदको अनुभव नगरेका एक ३६ बर्षिय युवा लि जुन सकको च’र्चा अहिले कोरियाभर चु’लिएको छ। कोरियाको प्रमुख प्र’तिपक्षी पार्टिको प्रमुखका लागि भएको भोटिङमा शुक्रबार उनले स’र्वाधिक भोट पाएपछि उनको च’र्चा आकासिएको छ।

कोरियाको प्रमुख प्र’तिपक्षी पार्टी ‘पिपुल पावर पार्टी’ अहिले आफ्नो पार्टी हाँक्न सक्ने प्रमुखको खोजिमा छ। पार्टिको चुनाव सन्चालन गर्ने कार्यदलका अनुसार जुन ११ मा हुने पा’र्टी प्र’मुखको प्र’तिष्पर्धामा अहिले ३६ बर्षिय लि सहित ५ जना रहेका छन। उनिहरुलाई पार्टीभित्रको ओपिनियन पोलका आधारमा छनौट गरिएको हो।

पार्टी प्रमुखको दौडमा रहेका पाँच जनामा पा’र्टीका उच्च पदस्थ ब्यक्तित्वहरु रहेका छन। जसमा पार्टीको सु’प्रिम काउन्सिलका सदस्य, चारपटक संसद भइसकेका तथा पा’र्टीमा उच्च पदमा रहि काम गरहेकाहरु रहेका छन। पार्टिभित्र का’र्यकर्ता र सर्वसाधारणमा गरिएको ओपिनियन पो’ल मार्फत पार्टी प्रमुखका लागि ५ जना छनौट गरिएको थियो। पोलको नतिजा अफिसियल्ली पा’र्टीले प्र’काशित नगरेता पनि श्रोतका अनुसार ३६ बर्षिय लि ले ४१ प्रतिशत मत पाएका छन। स’र्वाधिक भोट पाउने उनका अगाडी दोश्रोमा आउनेको २९ र तेश्रोमा आउनेको १५ प्रतिशत मात्र छ।

लि जुन सक विश्वप्रसिध्द हारभर्ड युनिभर्सिटीबाट ग्राजुएड गरेका व्यक्ति हुन। उनले २६ बर्षको उमेरमा सन २०११ मा पार्टी प्रवेश गरेका थिए। अहिले सम्म संसदको अनुभव समेत नगरेका उनि पार्टी प्रमुखमा दावेदार भएर आएपछी बु’डापाका’हरुको मुख रातो भएको छ। पार्टीभित्र युवाहरुले उनलाई भो’ट गरेपछि अब पार्टीमा नयाँ पुस्ताले ने’तृत्व रुचाएको रा’जनै’तिक विश्ले’षकहरुको भनाई छ।

कोरियाको प्रमुख प्र’तिपक्षी पार्टी ‘पिपुल पा’वर पार्टी’ ले जुन ११ मा नयाँ पार्टी प्रमुख पाउनेछ। पार्टीका कार्य’कर्ताहरु ७० प्रतिशत र प्राइभेट सिटिजन्स ३० प्रतिशत सम्मिलित ओपिनियन पोलले नयाँ पार्टी प्रमुख छान्नेछ। यसपटक ३६ बर्षिय युवा कोरियकै प्रमुख पार्टीको प्रमुख हुने धेरैले विश्वास लिएका छन। (योनहापमा प्रकाशित समाचारमा आधारित)

प्रतिकृया दिनुहोस्