Tuesday, June 22

श्रीमतिले खाइरहेको खानामा थुक्नेलाई कोरियामा ५ लाख ज’रिवाना

May 29, 2021 267

दक्षिण कोरियामा एक पुरुषलाई आफ्नै श्रीमतिले खाइरहेको खानामा थु’केको आरोपमा ज’रिवाना तिराइएको छ। श्रीमतिको खानामा थु’केपछि उनलाई ‘सम्पत्ति बिगारेको’ केशमा अ’दालतमा मु’द्दा दायर भएको थियो। आरोपित पुरुष ४७ बर्षका हुन। उनि पेशाले वकिल पनि रहेको बुझिएको छ।

उनको केशमाथि जिल्लाको तल्लो अ’दालतले फैशला सुनाएको ५ लाख कोरियन वनको सजायलाई शुक्रबार सउलको वेस्टर्न डिस्ट्रिक कोर्टले सदर गरेको छ। आरोपित पुरुषको नाम भने गोप्य नै राखिएको छ। उनले गत बर्षको अप्रिल २८ तारिख आफ्नै घरमा विहान ११:३० बजेतिर खाना खाईरहेका बखत श्रीमतिको खानामा थुकेका थिए। उनिहरुको घर उत्तरी सउलको युनफ्योङ गुनमा पर्दछ।

खाना खाइरहेका बखत श्रीमतीको मोबाईलमा फोन आएपछि उनि फोनमा ब्यस्त भइन। लामो समयसम्म फोनमा बोलिरहेकाले उनलाई रिष उठेपछि रि’षको झोंकमा उनले श्रीमतिको खानेकुरामा थु’केका थिए। खाना खाने समयमा लामो समय अरुसँग फोनमा बोलेकाले आफूले त्यस्तो गरेका उनले स्विकारी सकेका छन। श्रीमानले आफ्नो खानामा थु’केपछी ति महिलाले उनलाई थ’प्पड हानेकी थिइन। आफूले थ’प्पड खाएपछि ति पुरुष झन रि’षले आगो भइ फेरि पनि उनको खानामा थु’क्दै श्रीमतीलाई कु’टपि’ट समेत गरेका थिए।

उनकी श्रीमतिले आफ्नो सम्पति बिगारेको केशमा अ’दालतमा मु’द्दा हालेकी थिइन तर अदालतमा सुनुवाईका क्रममा ति पुरुषले खानेकुरा आफ्नो भएकाले कसैको सम्पतिमा हानी नपुर्याएको बताएका छन। अ’दालतले उक्त खानेकुरा श्रीमान श्रीमति दुबैको भएकाले यसमा श्रीमतिको पनि हक लाग्ने हुँदा उनलाई अरूको सम्पति बिगारेको केश लाग्ने बताएको थियो।

त्यसैगरी उनकी श्रीमतिले घटना भएको दिन विहान श्रीमानले आफूलाई पटक पटक गाली गरी धकेलेको तथा उनको कारको चाबी लुकाइदिएको समेत आरोप लगाएककी छिन। कार पार्किङमा हुँदा फोनमा बोलिरहँदा श्रीमानले पानीको बोतलले झ’टारो हानि गाली गरेको समेत उनले अ’दालतमा बयान दिएकी छिन। तर यि गतिबिधीहरुमा श्रीमानलाई द’ण्ड नदिए पनि हुन्छ भनेपछि अ’दालतमा यि कुराहरु त्यहिँ खतम गरि थुकेको कुरामा मात्र मु’द्दा चलाएको थियो।

प्रतिकृया दिनुहोस्