सउल दक्षिण कोरिया। दक्षिण कोरियाको प्रमुख मध्येको एक देउ सिपबिल्डिङ एण्ड म्यारिन इन्जिनियरिङ कम्पनी (DSME) ले सोमबार करिब २१७ अर्ब कोरियन वन रकम बराबरको समुन्द्रमा ग्याँस बोक्न प्रयोग हुने पानीजहाज बनाउने स’म्झौतामा हस्ताक्षर गरेको छ।
देउ सिपबिल्डिङले १ लाख ७४ हजार क्यूविक मिटर क्षमताका ग्याँस बोक्ने पानीजहाज निर्माण गरि सन २०२३ को चौथो त्रैमासभित्र हुण्डाई एलएनजी शिपिङ कम्पनीलाई बुझाउनुपर्नेछ। हुण्डाई एलएनजी सिपिङ कम्पनी कोरियाको नम्मर एक सिप बनाउने कम्पनी हुण्डाइ मरचान्ट म्यारिनको एक सहायक कम्पनी हो। यो कम्पनी कोरियामा पे’ट्रोलियम नेचुरल ग्यास बोक्ने पानीजहाज बनाउने कम्पनीहरुमा उ’त्कृष्टमा पर्दछ।
यहि बर्षभित्र देउ सिपबिल्डीङ कम्पनीले २.७४ बिलियन अमेरिकन डलर बराबरको अ’र्डर पाइसकेको छ। यस कम्पनीले कुल २६ वटा जहाज बनाउने अ’र्डर पाएको हो। जसमा ११ वटा तेल ट्या’ङ्कर जहाज, ९ वटा ग्याँस बोक्ने जहाज तथा ४ वटा सामान बोक्ने कन्टे’नर जहाज र केहि अन्य जहाज पर्दछन। यस कम्पनीले यो बर्षभित्र करिब ७.७ बिलियन अमेरिकी डलर बराबरको जहाज बनाउने काम लिने लक्ष राखेकोमा अहिलेसम्म त्यसको ३५.६ प्रतिशत काम पाइसकेको छ।
प्रतिकृया दिनुहोस्