दक्षिण कोरियामा रहेका नेपालीहरुमाझ लोकप्रिय तथा पहिलो रोजाईमा रहेको हानपास रेमिटेन्स कम्पनीले ‘को’रोना राह’त सहयोग अभियान’ सुरु गरेको छ। यस अभियानमा कोरियामा रहेका सम्पूर्ण नेपालीहरु सहभागी हुन सक्नेछन। कोरियबाट नेपाल हानपासबाट रेमिटेन्स पठाउँदा केहि रकम हानपासका तर्फबाट नेपालमा को’रोना म’हामा’रीमा सहयोग गरिरहेको च’र्चित रवि लामिछाने फाउण्डेशनमा जानेछ।
हानपासले सुरु गरेको अभियानमा यहि जुन १ तारिखबाट १५ तारिखसम्म हानपासबाट रेमिट गर्दा प्रत्येक ट्रान्जाक्सनमा रु ५० इजी लिङ्कको समन्वयमा रवि लामिछाने फाउण्डेशनमा सहयोग जानेछ। अहिले रवि लामिछाने फाउण्डेशनले काठमाण्डौ स्थित जनमैत्री अस्पतालमा गरिव तथा विपन्नहरुको उपचारमा सहयोग पुर्याइरहेको छ। यस फाउण्डेशनमा जनमैत्री अस्पतालमा अ’त्याधुनिक २० शैयाको उ’पचार उपलब्ध गराइरहेको छ।
यसअघि पनि हानपास रेमिटले रवि लामिछाने फाउण्डेशनमार्फत कालिकोट स्थित रासकोट अ’स्पताल निर्माणमा सहयोग गरेको थियो। रासकोट अस्पताल निर्माणका बेला पनि कोरियामा रहेका धेरै नेपालीहरुले हानपास मार्फत रेमिटेन्स पठाई अस्पताललाई अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए। अहिले नेपालले भोगिरहेको को’रोना म’हामा’रीमा हानपास बाट रेमिटेन्स पठाई मातृभुमीलाई सहयोग पुर्याउन कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई हानपासबाटै पैसा पठाउन हानपासका बजार प्रवन्धक युबिन श्रेष्ठले अनुरोध गरेका छन।
प्रतिकृया दिनुहोस्