सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ। उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ। उपभोक्ताकेन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बि’ल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ।
कम्पनीले सुरुमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एका’न्तकुनाका बासिन्दाले कम्पनीको इन्टरनेट सेवाको फा’इदा उठाउन सक्ने कम्पनीले जनाएको छ । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने जनाइएको छ । हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल कुमारीपाटी कीर्तिपुर नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जनाइएको छ ।
यस्ता छन प्याकेज सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको जनाइएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै मासिक तीनमहिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुने कम्पनीले जनाएको छ ।
सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धताअनुसार सीजी नेटको सेवा प्रारम्भ गरिएको बताए। नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रि’लो उपस्थिति जनाउन सीजीले कुनै क’सर बाँकी नराख्ने चौधरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्