मे महिनामा दक्षिण कोरियामा मूल्यबृध्दि ९ बर्ष यताकै उच्च रहन गएको छ। मूख्यगरी कृषिजन्य सामान तथा तेलमा मूल्यबृध्दि भएको पाइन्छ। कोरोना महामारीबाट बल्ल गति लिन थालेको अर्थतन्त्रमा मूल्यबृध्दिको मा’र जनतामा परेको देखिएको छ। मे महिनामा कोरियाको कन्ज्युमर इन्डेक्स २.६ प्रतिशतले बढेको छ। यो गतमहिनाको २.३ प्रतिशतको बृध्दिभन्दा धेरै हो।
यो मूल्यबृध्दि सन २०१२ पछिकै सबैभन्दा धेरै हो। त्यसबेला प्राइस इन्डेक्स २.६ प्रतिशतले बढेको थियो। गत महिना ०.१ प्रतिशतले मात्रै बढेको इन्डेक्स अप्रिल महिनामा ०.२ प्रतिशतले मात्रै बढेको थियो। “कृषि तथा पशुपालनजन्य सामाग्री र माछाजन्य पदार्थको मूल्य बढेको छ। कोरियामा देखिएको बर्ड फ्लूका कारण यसको आपूर्ति घट्न जाँदा मूल्य बढेको हो। त्यस्तै गतबर्षभन्दा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ।” कोरियाका एक बरिष्ट स्टाटिस्टिक्सले जानकारी दिए।
कोरियाको अर्थतन्त्रले को’रोना म’हामा’री पछि गति लिन थालेको भएता पनि मुद्रास्फितीको समस्या ज’टिल बन्दै गएको छ। अर्थबिज्ञहरुका अनुसार मासिक मूल्यबृध्दि कोरियाको केन्द्रिय बैंकले अनुमान गरेको २ प्रतिशतभन्दा बढि भएतापनि बार्षिक मूल्यबृध्दि भने केन्द्रिय बैंकले अनुमान गरेको भन्दा कमै रहने बताएका छन। गत महिना कृषि तथा पशुपन्छिजन्य चिजको मूल्य १२.१ प्रतिशतले बढेको थियो। बिषेशगरी तरकारी र अण्डाको मूल्य अत्याधिक बढेको थियो।
गत महिना अण्डाको मूल्यमात्र ४५.४ प्रतिशतले बढेको थियो। गत बर्षको नोभेम्बरबाट नै बर्ड फ्लुका कारण हजारौं कुखुरा न’ष्ट गरिएपछि अण्डाको मूल्य अत्याधिक बढेको हो। त्यसैगरि गत महिना पेट्रोलियम पदार्थमा २३.३ प्रतिशतको मूल्य बृध्दि भएको थियो। यो बृध्दि सन २००८ पछिकै सबैभन्दा धेरै हो। व्यक्तिगत सेवासुविधातर्फको मूल्यबृध्दि २.५ प्रतिशत रहन गयो। गत हप्ता मात्रै कोरियाको केन्द्रिय बैंकले यो बर्षको मुद्रास्फिती १.८ प्रतिशत हुने अनुमान गरेको छ। यसअघि बैंकले १.३ प्रतिशतमात्रै मुद्रास्फिती हुने बताउँदै आएको थियो।
प्रतिकृया दिनुहोस्