Tuesday, June 22

चीनले आफ्नो खाना भएको दाबी गरेपछि कोरियाले निकाल्यो खिम्ची सम्बन्धि किताब

June 6, 2021 207

केहि बर्षदेखि कोरियाको प्रख्यात तथा परम्परागत खानेकुरा खिम्चीलाई चीनले आफ्नो देशको भनेर दाबी गरेपछी दक्षिण कोरिया रि’षाएको थियो। उसले आफ्नो परम्परागत खानालाई दावि गरेपछि विश्वलाई जानकारी दिने उदेश्यले कोरियाको प्रोमोशनल एजेन्सीले खिम्ची सम्बन्धी किताब प्रकाशन गरेको छ। कितावमा खिम्चीको उत्पति र यो कसरी विश्वका विभिन्न देशहरुमा प्रख्यात हुँदै गयो भन्ने बारेमा लेखिएको छ।

“खिम्ची इन द आइज अप द वर्ल्ड” नाम दिइएको यस किताब मे १ तारिख प्रकासित भएको हो। यस किताबमा विभिन्न देशका विदेशी नागरिकको खिम्ची खाएको अनुभव देखि लिएर यो कसरी बनाईन्छ समेत लेखिएको छ। यस किताबमा खिम्चीको सामाजिक तथा एतिहासिक महत्व र पृष्ठमुमी पनि समावेश छ।

यस कितावमा खिम्ची हालेर बनाईने विभिन्न परिकारको रिसेपि पनि समावेश छ। यसमा खिम्ची फ्राइड राइस, खिम्ची प्यानकेक्स तथा अनेकौं अन्य परिकार कसरी तयार गर्ने भन्ने बारेमा लेखिएको छ। साथै किताबको अन्तिम सेक्सनमा प्रश्नोत्तर शैलीमा खिम्चीको इतिहाँस तथा चीनले भनेको ‘पाऔ चाई’ खानेकुरासँग यो खिम्चि कसरी फरक छ भन्ने कुरा लेखिएको छ।

यो किताब अंग्रेजी र कोरियन भाषामा उपलब्ध छ। यो किताब अनलाईनमा समेत हेर्न सकिन्छ। अनलाईनमा हेर्नका लागि कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयको आधिकारिक वेवसाईट तथा कोरिया डट नेटमा पनि उपलब्ध छ। त्यसैगरी यो किताब कोरियामा रहेका विभिन्न देशका राजदूतावास तथा विदेशमा रहेका विभिन्न साँसकृतिक प्रतिष्ठानहरुमा पठाईने योजना समेत रहेको छ।

यो पनि पढौं : सामग्येथाङ आफ्नो खाना भएको दाबी चीनले गरेपछि कोरिया रि’षले आ’गो

पटक पटक कोरियाको खानालाई आफ्नो खाना भन्दै दा’बी गर्दै आईरहेको चीनले फेरि एकपटक यसै कुरामा कोरियाको टाउको दु’खाइदिएको छ। यसपटक चीनले सामग्येथाङलाई आफ्नो खाना भएको दा’बी गरिरहेको छ। सामग्येथाङ कुखुरा र जिनसङको सुपयुक्त पुरानो खानेकुरा हो।

चीनको यस्तो दा’बीलाई कोरियाले साँस्कृतिक ह’मलाको संज्ञा दिएको छ। गुगलजस्तै चिनियाँहरुको सर्च इन्जिन वेवसाइट बाइडूमा सामग्येथाङलाई चीनको ख्वाङदोङ प्रान्तबाट सुरुवात भएको परम्परागत चिकेन सुप हो जुन पछि कोरियातिर पनि बनाउन थालिएको भनेर बर्णन गरिएको पाईएको छ। चीनबाट सुरु भई पछि कोरियाको राज परिवारले अत्यन्त मन पराएको खानाका रुपमा ब्याख्या गरिएको छ।

तर कोरियाले बाइडूमा राखिएको जानकारी ग’लत भएको बताएको छ। कोरियाको ग्रामिण विकास संस्थाले कोरियनहरुले धेरै अघि अर्थात लगभग जोसनका समयदेखि नै चिकेन सुप बनाउन थालेको बताएको छ। कोरियालाई जापानीहरुले उ’पनिवेश बनाउँदाको समयमा पनि सामग्येथाङ धनी कोरियनहरुमा प्रख्यात रहेको बताईन्छ। सन १९६० पछि यो खाना अन्य सर्वसाधारणहरुमा झनै प्रख्यात हुँदै गएको मानिन्छ।

सङसिन महिला विश्वविध्यालयका प्रोफेसर स्यो ख्योङ दुकले बाइडूलाई साम्ग्येथाङ सम्बन्धी ग’लत जानकारी सच्याउनका लागि ईमेल लेखिसकेको बताएका छन्। उनले कोरियाको इतिहासलाई तो’डमोड गर्ने काम ब’न्द गरी चीनियाँ नागरिकहरुलाई सहि जानकारी तथा सूचना प्रवाह गर्न आग्रह समेत गरेका छन्। बाइडू सर्च साईटले यस अघि पनि कोरियाको खिम्चीलाई आफ्नो खाना भएको दा’बी गरेको थियो।

केहि कोरियनहरुले यस कुरामा खासै वि’वाद गर्न आवश्यकै नरहेको किनकी यो खानेकुरा कोरियन हो भनेर विश्वले नै चिनिसकेको छ भनेका छन भने केहि कोरियनहरु चिनियाँहरुसँग रु’ष्ट छन्। चिनले पटक पटक कोरियाका खानेकुरा आफ्नो भएको दा’बी गर्दै कोरियाको टाउको दु’खाउने काम गरिरहेको छ।

प्रतिकृया दिनुहोस्