Tuesday, June 22

कोरियाको प्रसिध्द इकमर्स कुपाङले जापानमा सेवा सुरु गर्यो

June 8, 2021 200

दक्षिण कोरियाको प्रसिध्द इ कमर्स कम्पनी कुपाङले जापानमा समेत सेवा सुरु गरेको छ। कम्पनीले बिहिबारबाट जापानमा आफ्नो व्ययसायको सुरुवात गरेको हो। कुपाङले कोरियपछि पहिलोपटक विदेशमा आफ्नो सेवा विस्तार गरेको हो। यो इकमर्स दक्षिण कोरियाकै सबैभन्दा ठूलो तथा विश्वकै चौथो ठूलो कम्पनी हो।

जापानमा सफ्टबैंकका चियरम्यान मायायोसी सनले कोरियाको इकमर्स कुपाङलाई आफ्नो देशमा भित्राउने बताएको १ महिनापछि जापानमा कुपाङले व्यवसाय सुरुवात गरेको हो। जापानमा अहिले ट्रायलका लागि कुपाङले राजधानी टोकियोको सिनागावा जिल्लामा मात्र सुरुवात गरेको छ। अहिले कुपाङमा खानेकुराको मात्र डेलिभरी गरिएको छ।

“अहिले हामीले टोकियोको एक जिल्लामा मात्र सेवा सुरुवात गरेका छौं। विस्तारै जापानभर सेवा विस्तार गर्नेछौं” कुपाङका एक अधिकारिले जानकारी दिए। जापानमा अहिले कुपाङले छोटो दूरीमा मात्र सामान डेलिभरी दिइरहेको छ। यसले अहिले सिनगावा जिल्लामा मात्र वितरण केन्द्र बनाएको छ भने अहिले यहि ठाउँबाट मात्र सामान डेलिभरी गरिरहेको छ। जापानमा डेलिभरी गर्नका लागि त्यहिँबाट कामदार लिइएको छ।

कोरियाको जस्तो जापानमा भने ओभरनाईट डेलिभरी सेवा भने छैन। कुपाङले भनेको छ कि जापानमा सामान्य डेलिभरी सेवा सुरुवात गरिनेछ। कोरियाको जस्तो रकेट डेलिभरी सेवा भने जापानमा अहिलेका लागि हुनेछैन। कोरोनाका कारण कोरियाजस्तै जापानमा पनि अनलाईन सपिङ ह्वात्तै बढेको छ।

प्रतिकृया दिनुहोस्