January 14, 2021 888
दक्षिण कोरियामा त्यहाँको पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई अदालतले २० वर्षका लागि जेल सजायको निर्णय गरेको कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन्। आज कोरियाको उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन कोरियन वन समेत जरिवाना तिर्नुपर्ने निर्णय गरेको हो।
भ्रष्टाचारको आरोप लागेसँगै सन् २०१७ बाटै उनि जेलमा थिईन। उनि दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति समेत हुन्। राष्ट्रपतिका रुपमा बहाल रहंदै गर्दा भ्रष्टाचारको अभियोगमा पदमुक्त हुन उनि १ मात्र कोरियाली राष्ट्रपति हुन।
राष्ट्रपति हुँदा पदको दुरुपयोग गरेको, घुसपैठमा संग्लग्न भएको लगाएतका आरोप उनलाई लगाईएको थियो।
प्रतिकृया दिनुहोस्