Tuesday, June 22

नेपालमा बूढाहरुले ठाउँ ओगटिरहँदा कोरियामा ३६ बर्षिया युवा बने पार्टि प्रमुख

June 11, 2021 326

नेपालमा बुढो गोरुले गाई ओगटेजस्तो राजनै’तिक दलमा ठाउँ ओगट्नेहरुलाई दक्षिण कोरियाले गतिलो उदाहरण दिएको छ। कोरियामा मुख्य प्र’तिपक्षी ‘पिपुल पावर पार्टी’ मा शुक्रबार ३६ बर्षिय युवक अध्यक्षमा निर्वाचित भएका छन। दक्षिण कोरियाकै इतिहाँसमा मुख्य राज’नैतिक दलमा पहिलो पटक यति कम उमेरका ब्यक्ति पार्टि प्रमुख भएका हुन।

लि जुन सक उमेरमा मात्र ३६ बर्षका छन। उनि यसअघि कहिल्यै संसद सम्म भएका थिएनन। लि जुन सकलाई अर्को बर्ष हुने कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टिलाई अघि बढाउने ठूलो जि’म्मेवारी थपिएको छ। दक्षिण कोरियाले अर्को बर्षको मार्चमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन गर्दैछ।

लि जुन सकले पार्टि अध्यक्षका लागि भएको मतदानमा ४३.८ प्रतिशत भोट पाएका थिए। उनले आफ्नो दलभित्र लामो समय काम गरेका र स्थापित तथा नाम चलेका ४ जनालाई परा’जित गर्न सफल भएका हुन। यसअघि पार्टिभित्र ठूलो पोष्टमा समेत नरहेका उनि अध्यक्ष पदका लागि ‘अ’ण्डरडग’ का रुपमा सबैले हेरिरहेका व्यक्ति थिए। औपिनियन पोलमा उनले पाएको मत देखेरै धेरै मानिस च’कित भएका थिए भने अध्यक्ष पदको प्रारम्भिक चुनावमा समेत जित हात पार्दा धेरैले उनको लो’कप्रियतालाई पहि’चान गरिसकेका थिए।

लि जुन सक संसारकै प्रसिध्द हारवर्ड विश्वविध्यालका ग्राजुएट विध्यार्थी समेत हुन। उनले सन २०११ मा पार्टिमा प्रवेश गरेका थिए। उनि २६ बर्षको हुँदा पार्टिमा लागेका हुन। पार्टिभित्र त्यसबेलाका प्रमुख नेता पार्क ग्युन हे जो पछि कोरियाको राष्ट्रपति समेत बन्न पुगिन उनको च’र्को बि’रोधीका रुपमा उनि चिनिएका थिए। सन २०१७ मा भ्र’ष्टा’चारमा दो’षि प्र’माणित भइ राष्ट्रपति पदबाट पदच्युत भएकी पार्क ग्युन हेका नरा’म्रा प्र’बृत्तिको पार्टिभित्र उनले च’र्को वि’रोध गर्दै पार्टिलाई रिफर्म गर्नुपर्छ भनि उनले आवाज उ’ठाएका थिए।

त्यसबेला लि जुन सकलाई पार्टीभित्र वि’रोध गरेको र एक महिला नेता बि’रुध्द लागेको भनि पार्टि भित्र तथा पार्टि बाहिरबाट समेत आ’लोच’ना भएको थियो। तर उनको यो जितले पार्टि प्रमुखका लागि चुनाव लडेका २ चिनिएका अनुहारहरुलाई ठूलो ध’क्का लागेको छ। ४ पटक संसद भइसकेका ना क्युन वन र ५ पटक संसद चुनिइसकेका हो योङ दुबैलाई उनले यसपटक नरा’म्रोसँग पछारेका छन।

प्रतिकृया दिनुहोस्