Tuesday, July 27

कोरियाको राष्ट्रिय ऋण प्रति सेकेण्ड ३० लाख वनले बढ्दै

June 14, 2021 375

दक्षिण कोरियाको राष्ट्रिय ऋ’ण बढिरहको छ। अहिले हरेक १ सेकेण्डमा कोरियाको राष्ट्रिय ऋ’ण ३० लाख वनले बढिरहेको छ। कोरियाको राष्ट्रिय बजेट अफिसले आइतबार जानकारी दिएअनुसार यो बर्षको अन्तिमसम्ममा राष्ट्रिय ऋ’ण ९ सय ६५.९ ट्रिलियन वन पुग्नेछ। जसअनुसार यो बर्षको बाँकी २ सय १ दिनमा प्रति सेकेण्ड ३० लाख वनका दरले ऋ’ण बढ्दै जाने राष्ट्रिय बजेट अफिसले जानकारी दिएको छ।

राष्ट्रिय बजेट अफिसले आफ्नो वेवसाईटमा सन २०१३ बाट राष्ट्रिय ऋ’णको डाटा राख्न सुरु गरेको थियो। त्यस बर्ष हरेक सेकेण्ड ११ लाख ८० हजार वनले ऋण बढेको थियो। ८ बर्षयता कोरियाको ऋ’ण २.५ गुणाले बढिसकेको छ। अहिले कोरियाको प्रतिब्यक्ति ऋ’ण १ करोड ७६ लाख वन रहेको छ। सन २०२२ सम्ममा कोरियामा प्रतिब्यक्ति ऋ’ण २ करोड वन नाघ्ने आँ’कलन गरिएको छ।

गत महिना एक कार्यक्रममा कोरियाका राष्ट्रपति मुन जे इनले भनेका थिए कि अर्को बर्षसम्म हामीले आर्थिक सन्तु’लन का’यम राख्न सक्नुपर्दछ। कोरिया लगायत विश्वका धेरै विकसित देशहरुको पनि को’रोनाका कारण ख’र्च धेरै बढेका कारण राष्ट्रिय ऋ’ण बढेको देखिन्छ।

यो महिनाको सुरुवाततिर कोरिया इन्स्टिच्युट अफ पव्लिक फाइनान्सले प्रकाशित गरेको एक रि’पोर्टमा क्यानाडा, जर्मनी, युके तथा अमेरिकाले पनि आफ्ना ख’र्चहरु सम्बन्धि पोलिसीहरुमा सुधा’र गरेको थियो। जर्मनीले गत अप्रिलमा सन २०२३ भित्रमा आर्थिक रुपमा ब्यालेन्समा आइसक्ने योजना अघि सारेको थियो भने राष्ट्रिय ऋ’णलाई जिडीपीको ०.३५ प्रतिशतभित्र कायम राख्ने लक्ष राखेको थियो।

 

प्रतिकृया दिनुहोस्