Tuesday, July 27

बजारमा ५ मानवन दरका नोटहरु सर्टेज, आखिर कहाँ गए त यि नोटहरु?

June 15, 2021 288

दक्षिण कोरियाको नोटहरुमा सबैभन्दा ठूलो ५० हजार अर्थात ५ मानवनका नोटहरु अहिले बजारमा स’र्टेज हुन थालेका छन। अहिले को’रोनाका कारण अर्थतन्त्रमा अ’न्यौलता बढेका कारण मानिसहरुले पैसा आफैँसँग राखेकाले बजारमा यसको आपूर्ति कम हुन गएको विश्वास गरिएको छ।

कोरियाको केन्द्रिय बैंकका रुपमा रहेको ‘बैंक अफ कोरिया’ ले दिएको जानकारी अनुसार ६.३२ ट्रिलियन वन बराबरको ५ मानवन दरका नोटहरु चालु बर्षको पहिलो ३ महिनामा बजारमा पठाइएको थियो। तर यो ३ महिनाको अवधिमा बैंकमा मात्र १.२९ ट्रिलियन वन बराबरका ५ मान दरका नोटहरु फिर्ता आएका थिए। यो भनेको कुल बजारमा बठाइएका नोटहरुको मात्र २० प्रतिशत हो। गत बर्षभरीको भन्दा चालु बर्षको पहिलो ३ महिनामा बजारमा पठाईए भन्दा कम नोट फिर्ता भएका छन। गत बर्षभरिमा बजारमा २५.२२ ट्रिलियन वन बराबरको ५ मानवन दरका नोट बजारमा पठाइएकोमा करिब २४ प्रतिशतले हुन आउने २५.२२ ट्रिलियन वन मूल्य बराबरका नोट बैंकमा गत बर्ष फिर्ता आएका थिए।

बजारमा ५ मानवन दरका नोटहरुको उच्च माग भएपछि केन्द्रिय बैंकले नयाँ नोटहरु थप जारी गरेको छ। अझैपनि बजारमा यो दरका नोटको माग धान्न मु’श्किल परिरहेको बैंकले बताएको छ। अहिले बैंकका एटिएममा ५ मानवन दरका नोट निकाल्न चाहानेले मानवन दरका नोटमा चित्त बुझाउनुपर्ने अवस्था रहेको छ। बैंक अफ कोरियाले भनेको छ कि को’रोनाका कारण मानिसहरुले आफैंसँग नोट राखेका कारण यो अ’वस्था सिर्जना भएको हो।

“यसभन्दा अघिको आर्थिक म’न्दिको अवस्था भन्दा यसपाली मानिसहरुको फेस टु फेस कारोबार घटेको छ। रेष्टुरेन्ट, होटल, घुम्ने ठाउँ आदिमा हुने फेस टु फेस कारोबार घ’टेको छ। ब्यापारमा आएको म’न्दिका कारण पनि ५ मानवन दरका नोटहरु बैंकमा फर्कन सकिरहेका छैनन।” बैंक अफ कोरियाले आफ्नो रि’पोर्टमा भनेको छ। बैंकमा पैसा फिर्ता पठाउनका लागि स साना ब्यापार व्यवसायले ठूलो मदत गर्ने गर्दछ।

अहिले मानिसहरुले आफूसँग नगद पैसा राख्ने गरेका कारण पनि ५ मान दरका नोटको हा’हाका’र भएको मानिएको छ। आर्थिक अ’वस्था के होला भन्ने अन्यौलता तथा बैंकहरुमा एकदमै न्यून ब्याजदर पाउने कार’ण मानिसहरुले नगद नै आफूसँग राख्न थालेका छन। कागजी नोटको प्रयोग कमि हुँदा नोटको आ’यु भने बढ्ने गरेको छ। गत बर्ष ५ मानवन दरका नोटको औषत आ’यु करिब १ सय ७४ महिना रहेको थियो। त्यो भनेको अघिल्लो बर्षको तुलनामा १२ महिनाले बढि हो। तर ५ हजार वन र १ हजार वन दरका नोटको औषत आ’यु भने ६० महिना मात्र रहेको छ किनभने चलन चल्तिमा यि नोटहरु धेरै प्रयोग हुन्छ। कोरियामा मान वन दरको नोटको औषत आ’यु भनेको १३० महिना रहेको बताइएको छ। (कोरियाटाइम्समा आधारित)

प्रतिकृया दिनुहोस्