Wednesday, October 27

कोरियाको ‘काकाओ’ पाँचौ ठूलो कम्पनी बन्न सफल

June 20, 2021 519

दक्षिण कोरियामा फेसबुकको सट्टा काकाओटक भन्ने मोबाइल एप्लिकेशन चलाउनेहरु अत्याधिक रहेका छन। काकाओ कम्पनीको यो एप्स लगभग ९५ प्रतिशत कोरियनहरुले चलाउने गरेको पाइन्छ। घरेलु कम्पनी काकाओ कर्पोरेशनले यो एप बनाएको हो। अहिले यो कम्पनी दक्षिण कोरियाकै पाँचौ ठूलो कम्पनी बन्न सफल भएको छ। सोमबार प्रकाशित डाटाअनुसार कम्पनीको कुल बजारीकरणका आधारमा पाँचौ ठूलो कम्पनी बन्न सफल भएको हो।

काकाओ कर्पोरेशन र यसका अन्य एफिलियट कम्पनीहरुको कुल बजार मूल्य ७३.९ ट्रिलियन कोरियन वन पुगेको छ। यो रकम करिब ६५.२ बिलियन अमेरीकी डलर बराबर हुन आउँदछ। योनहाप न्यूज एजेन्सीको फाइनान्सियल न्यूज साइट योनहाप इन्फोम्याक्सका अनुसार सन २०१९ को अन्त्यबाट कम्पनीको पूँजीकरण १३.२ ट्रिलियन कोरियन वनले बढेको हो।

अहिले दक्षिण कोरियामा सामसङ ग्रुपको पूँजीकरण सबैभन्दा धेरै ७ सय ५१ ट्रिलियन वन रहेको छ भने एस के ग्रुपको कुल बजार पूँजीकरण २०० ट्रिलियन वन रहेको छ। त्यसपछि तेश्रो नम्मरमा एलजी ग्रुपको बजार पूँजीकरण १ सय ५८ ट्रिलियन वन रहँदा हुण्डाई मोटर्स ग्रुपको बजार पुँजिकरण १ सय ६२ ट्रिलियन वन रहेको छ।

काकाओ कम्पनीका एफिलियट कम्पनीहरुको संख्या १ सय १८ पुगेको छ। यो संख्या सन २०१५ मा मात्र ४५ रहेको थियो। यस अवधिमा दक्षिण कोरियाका प्रमुख ४ कम्पनीहरुले आफ्नो अफिलियट कम्पनी मात्र ६७ ले बढाएका थिए। काकाओ कम्पनीले आफ्नो बिजनेश बढाउनमा यसको मुख्य आम्दानी हुने विज्ञापनको हात ठूलो रहेको पाइन्छ। त्यसैगरी इकमर्स, कन्टेन्ट बिजनेश आदिले यसको ब्यापार थप बढेको हो।

शुक्रबार काकाओ कम्पनीको सेयर मूल्य १ लाख ५५ हजार वनमा बन्द भएको थियो। जुन अघिल्लो सेसनभन्दा ४.७३ प्रतिशतले बढेको हो। यस कम्पनीको सेयर मूल्य गत अप्रिल १५ देखि २८ प्रतिशतले बढिसकेको छ। त्यस समय कम्पनीले आफ्नो सेयर १ बराबर ५ सेयरमा खण्डिकरण गरेको थियो। (योनहापमा आधारित)

प्रतिकृया दिनुहोस्