Tuesday, July 27

मनकामना स्मार्ट लघुवित्तको आइपिओ असार १७ गतेदेखि खुल्दै, कति कित्ता भर्ने? जानिराखौं

June 23, 2021 344

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ करोड ८९ लाख रुपियाँ बराबरको साधारण शेयर(आईपीओ) असार १७ गतेदेखि निष्काशन खुला हुने भएको छ।

रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मनकामना स्मार्ट लघुवित्त बनेको हो । लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन लागेको हो।

कम्पनीले १ सय रुपियाँ अंकित दरका ३ करोड ८९ लाख रुपियाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन  खुला गर्न लागेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४ सय ५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ।

यसरी हेर्दा सर्वसाधारणका लागि छुट्याइएको शेयर ३६ हजार ३ सय ४७ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाउने छन् । हाल आईपीओमा १७–१८ लाख जनाले आवेदन दिने गरेका छन् । तसर्थ गोलाप्रथाबाट आवेदक मध्ये थोरैले मात्र शेयर पाउने भएकाले बढीमा २० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त देखिन्छ।

न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने छ । आईपीओमा छिटोमा असार २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ। (कर्पोरेट खबरबाट साभार)

प्रतिकृया दिनुहोस्