Tuesday, July 27

कोरियामा एक बर्षमै १८ लाख ६० हजार टन खिम्ची खाइयो

June 25, 2021 166

दक्षिण कोरिया खिम्चीका लागि प्रख्यात रहेको छ। कोरियामा खाना खाँदा खिम्ची अनिवार्य जस्तै रहन्छ। सन २०१९ मा दक्षिण कोरियाले १८ लाख ६० हजार टन खिम्ची खपत गरेको छ। विहिबार प्रकाशित एक रिपोर्टमा कोरियाका करिब ४२ प्रतिशत घरपरिवारले घरमै परम्परागत तरिकाले खिम्ची बनाउने गरेको पाइएको छ।

खपतका हिसाबले घरपरिवारका लागि १० लाख ६ हजार टन खिम्ची खपत भएको छ भने ८ लाख टन भने रेष्टुरेन्ट तथा विध्यालयहरुमा खपत भएको पाइएको दक्षिण कोरियाको कृषि तथा खाध्य मन्त्रालयले बताएको छ। कोरियाको सरकारले पहिलो पटक खिम्ची खपत बारे सर्भे गरेको हो।

सरकारले ४ सय ३० वटा खिम्ची बनाउने कम्पनीहरुमा गरेको अध्यनका आधारमा यो रिपोर्ट बनाएको हो। यस रिपोर्ट तयार गर्ने क्रममा १ हजार ६ सय २९ रेष्टुरेन्ट तथा ३ सय २३ विध्यालय तथा ५ हजार घरपरिवारमा अध्यन गरिएको थियो। खिम्ची कोरियाको परम्परागत खाना हो। बन्दा, नुन तथा खुर्सानीको धूलो प्रयोग गरि खिम्ची बनाइन्छ। यो कोरियन खानामा अनिवार्य रुपमा रहने गर्दछ।

दक्षिण कोरियाले सन २०१९ मा करिब १.६ ट्रिलियन वन बराबरको खिम्ची उत्पादन भएको छ। यस व्यवसाय तथा उध्योगमा ९ हजार ५ सय १० जना कामदारले रोजगारी पाएका छन। कोरियामा भएको कुल खिम्ची खपत १९ लाख टन मध्ये ३ लाख ६ हजार टन भने विदेशबाट आयात गरिएको हो।

दक्षिण कोरियामा करिब ४२  प्रतिशत घरपरिवारले आफ्नै घरमा परम्परागत तरिकाले खिम्चि बनाउने गरेका छन। खिम्चि बनाउँदा मुख्य रुपमा बन्दाको प्रयोग गरिन्छ। रिपोर्ट अनुसार करिब ५८ प्रतिशत रेष्टुरेन्टहरुले प्याकिङ गरिएको खिम्ची किन्ने गरेका छन। (योनहापमा प्रकाशित समाचारमा आधारमा तयार गरिएको।)

प्रतिकृया दिनुहोस्