Tuesday, June 22

नेपालले दियो कोरोना खोपको आपतकालिन प्रयोग अनुमति

January 15, 2021 400

नेपालको औषधि विभागले भारतमा बनेको ‘कोविसिल्ड’ खोपलाई आपतकालिन प्रयोगका लागि आज अनुमति दिएको छ। यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर नेपाल ल्याउन लागेको छ।

नेपालमा अहिलेसम्म करिब २ लाख ६६ हजार ८०० मानिस कोरोनाबाट संक्रमित भइसकेका छन भने करिब १ हजार ९ सय भन्दा बढिले ज्यान गुमाइसकेका छन्।

भारतले आफ्नो छिमेकी मित्र नेपाललाई करिब २ करोड खोप सहयोग गर्न लागेको छ। भारतको सरकारी संस्थाले त्यहाँको खोप उत्पादकसँग किनेर नेपाल लगाएत अन्य छिमेकी देशहरु बंगलादेश, श्रीलङ्का, अफगानस्थान लगाएतका देशहरुलाई सहयोग स्वरुप खोप दिदैछ। भारतमा  माघको ३ गते अर्थात भोलीबाट कोभिड–१९ विरुद्धको खोप दिने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्