Tuesday, July 27

कोरियाको प्रसिध्द हान नदीमाथि यसरी बनेको थियो बिशाल पुल

June 27, 2021 355

बिसौं शताब्दीको सुरुवाततिर कोरियाको प्रसिध्द हान नदीमाथि बनेको हानगाङ रेलरोडको पुल कोरियाकै इतिहासमा पहिलो एक ठूलो इन्जिनियरीङ प्रोजेक्ट थियो। यो पुल कोरियाको विकासको लागि एक महत्वपूर्ण योजना समेत रहेको थियो। यो पुल बन्नुभन्दा अघि नदि पार गर्नका लागि जाडोयाममा हान नदिमा पानी जमेर बरफ भएको बेला बरफ माथि हिँडेर पार गर्नुपर्ने अवस्था थियो कि त भने फेरी या डुङ्गाकै सहायता लिनुपर्दथ्यो। यि दुबै तरिकामा जोखिम उत्तिकै थियो।

सन १८९७ मा सउल-छेमुल्पो रेलरोड आयोजना सुरु भयो। अहिलेको इन्छनलाई त्यस समय छेमुल्पो भन्ने गरिन्थ्यो। यो रेलरोडको धेरै जसो भाग सामान्य निर्माणमा पूरा हुने भएता पनि हान नदिको भाग भने एक महत्वपूर्ण र जटिल थियो। यस नदीमाथि पुल निर्माण गर्ने काम त्यस समय जटिल र खर्चिलो भएतापनि यो आयोजना विदेशी समुदायमा आफ्नो राम्रो छवि वनाउने कोरियाको एक महत्वपूर्ण काम थियो। यो पुल देशकै लागि एउटा गौरवको आयोजना समेत थियो।

सन १८९७ को डिसेम्बरमा कोरियामा प्रकाशित हुने अंग्रेजी तथा कोरियन भाषाको स्थानिय पत्रिका ‘द इनडिपेन्डेण्ट’ ले आफ्नो सम्पादकीयमा लेखेको थियो “यो आयोजनाको प्लान अध्यन गर्दा यस क्षेत्रकै सबैभन्दा ठूलो स्टिल प्रयोग गरि बनाइएको आयोजना यो हुनेछ। यो कोरियाकै लागि गौरबको विषय हो। यो पुल ६ सय ५५ फिट लामो हुनेछ। दुबै छेउको स्ट्रक्चरहरुसमेत समावेश गर्दा पुल करिब ४ सय मिटर लामो बन्नेछ।”

सउल-छेमुल्पो रेलरोड आयोजनाका पुल बिज्ञ विलियम एच होल्म्स सन १८९८ को जनवरीमा कोरिया आएका थिए। जनवरीको अन्तिमतिरबाट हान नदीमाथि पुल बनाउनका लागि काम सुरु भइसकेको थियो। पुलको खम्बालगाएतका स्ट्रक्चरहरु काठको सट्टा त्यसबेला स्टिल र ढुङ्गा प्रयोग गरी बनाइएको थियो भने पुल माथिको स्पान भने अमेरीका बाट ल्याइएको थियो। यो परिवर्तनले पुलको लम्बाई १ हजार ६ सय ५० फिटबाट बढेर २ हजार १ सय ५० फिट पुगेको थियो। पुलको स्पान भने अमेरिकामा निर्माण भइ पानीजहाजमा कोरिया ल्याइएको थियो। पुलका यि २ स्पान सन १८९८ मा कोरिया ल्याइएको थियो।

प्रतिकृया दिनुहोस्