Wednesday, October 27

पानीको बोतल जथाभावी फाले कोरियामा ठूलो जरीवाना हुन सक्ने

June 29, 2021 410

दक्षिण कोरियामा अपार्टमेण्टमा बस्नेहरु थप सजक हुनुपर्ने भएको छ। फोहोर फाल्ने सन्दर्भमा बिचार नपुर्याउँदा ठूलो रकम जरीवानामा समेत पर्न सकिने हुन सक्दछ। प्लाष्टिकजन्य फोहोरहरु फाल्दा उचित मापदण्ड पूरा गर्न नसके अधिकतम ३ लाख कोरियन वन सम्म जरिवाना हुनेछ।

कोरियाको वातावरण मन्त्रालयका अनुसार मल्टी युनिट हाउजिङ कम्पेक्सहरुमा पारदर्शी प्लाष्टिकजन्य फोहोर राम्रोसँग छुट्याएर फाल्नुपर्ने नियमको ग्रेस पिरियड यहि जुन २६ मा सकिएकाले अव त्यसरी राम्रोसँग छुट्याएर नफालेमा जरिवाना लाग्नेछ। नयाँ नियमअनुसार यस्ता ठाउँमा बस्नेले अनिवार्य रुपमा पारदर्शी प्लाष्टिकका बोतलहरु अन्य प्लाष्टिकबाट छुट्याइ छुट्टै झोलामा राख्नुपर्दछ। यो नियम गत डिसेम्बर २५ तारिखबाट लागू भएको थियो। जसमा ६ महिना ग्रेश पिरियड दिइएको थियो। यो ग्रेस पिरियडमा नियम उल्लङ्घन गर्नेहरुलाई जरिवाना गरिँदैन।

अबदेखि भने नियम उल्लङ्घन गर्नेलाई पहिलो पटक १ लाख वन जरिवाना हुनेछ। दोश्रोपटक नियम उल्लङ्घन गरेमा २ लाख वन तथा तेश्रोपटकदेखि नियम नमानेमा ३ लाख वन जरिवाना हुनेछ। सेजोङ शहरको योजिन दोङमा रहेको एक अपार्टमेण्ट कम्प्लेक्समा म्यानेजर भन्छन यहाँ बस्नेहरुले अझै पनि यो नियम पूर्ण रुपमा पालना गरिरहेका छैनन। “कहिलेकाँही बोतलहरु फोहोर हुने तथा ति बोतलहरु अन्य प्लाष्टिक जन्य कुराहरुमै मिसाएर फाल्ने गरेको देखिएको छ। यस्तो भएमा फोहोर उठाउने रिसाईकलिङ कम्पनीले त्यस्ता फोहोर लैजान इनकार गरेको पाइन्छ। त्यसैले अपार्टमा बस्नेहरुले गर्ने काम अर्थात प्लाष्टिकका बोतलहरु छुट्टै फाल्ने काम मैले गरिरहेको छु।” उनले भनेका छन।

नयाँ नियमअनुसार प्लाष्टिकका पारदर्शी बोतलहरु फाल्दा सफा हुनुपर्ने तथा बोतलभित्र केहि फोहोर रहेको हुन नुहुने रहेको छ।बोतलहरु किच्चाइएको हुनुपर्ने तथा वोतलको वरिपरी भएका स्टिकर तथा लेबलहरु हटाइएको हुनुपर्दछ। यदि बोतलको बिर्को प्लाष्टिकबाटै बनेको हो भने बिर्खो खोलिरहनु भने पर्दैन।

सबैभन्दा धेरै प्रयोग हुने तथा धेरै पुन प्रयोग गर्न सकिने प्लाष्टिकका बोतलहरु छिटो रिसाइकल होस भन्नका लागि सरकारले यस्तो नियम ल्याएको हो। यस्ता बोतलहरु रिसाइकल गरी फाइबर तथा अन्य प्लाष्टिकका भाँडा बनाउन सकिन्छ। रिसाइकल गर्ने मामलामा कोरियनहरु विश्वमै अगाडी छन। त्यसैगरी कोरिया प्लाष्टिकको प्रयोग गर्ने देशहरुमा अग्रपङ्तिमा पर्दछ। युरोम्यापले सन २०१५ मा निकालेको तथ्याङ्कमा कोरियामा प्रतिब्यक्ति बार्षिक १३२ किलोग्राम प्लाष्टिक खपत गर्ने गरेको पाइएको थियो।

प्रतिकृया दिनुहोस्