Tuesday, July 27

कोरियाका ७० हजारभन्दा बढि स्टोरहरुमा अब बिटक्वाइनबाटै भुक्तानी गर्न मिल्ने

July 1, 2021 288

दक्षिण कोरियामा अब ग्राहकहरुले यहाँका करिब ७० हजार भन्दा बढि स्टोरहरुमा किनमेलका लागि बिटक्वाइनको प्रयोग गर्न सक्नेछन। यहाँको एक स्थानिय कम्पनी ड्यानल फिनटेकले विकास गरेको एप्लिकेशनको प्रयोग गरि किनबेचका लागि पैसाको सट्टा बिटक्वाइन प्रयोग गर्न सकिनेछ।

कोरियाका प्रमुख स्टोरहरु सियु, सेभेन एलेवेन, होलीज कफि तथा क्योबो बुक स्टोरजस्ता पसलमा अब बिटक्वाइन प्रयोग गरि बस्तु तथा सेवा किन्न सकिनेछ। ड्यानल फिनटेकले विकास गरेको एप्सले ग्राहकको बिटक्वाइनलाई कोरियाको क्रि’प्टोकरे’न्सी पेक्वाइनमा परिवर्तन गरिदिनेछ। कोरियाको स्थानिय क्रि’प्टोकरे’न्सी पेक्वाइनलाई भने कोरियाका स्टोरहरुले एसेप्ट गर्दछन।

ड्यानल फिनटेकले यो बर्षको अन्तिमतिर अर्को क्रि’प्टोकरे’न्सी इथेरियमलाई पनि आफ्नो एपमा जोड्ने योजना बनाइरहेको छ। यो एपको प्रयोग गरि कोरियामा बिटक्वाइनबाटै डोमिनोस पिजा, केएफसी तथा सेभेन एलेभेनमा सपिङ गर्न सकिनेछ। अहिले पेक्वाइनका करिब १० लाख प्रयोग कर्ता दक्षिण कोरियामा रहेका तथा यो एपबाट बिटव्वाइनको प्रयोग गरि कोरियाका करिब ७० हजारभन्दा बढि स्टोरहरुमा सपिङ गर्न सकिनेछ।

एपबाट विटक्वाइनमै सामानहरु खरिद गरी फिर्ता पैसा पनि बिटक्वाइनमै प्राप्त गर्न सकिनेछ। यस एपको प्रयोग गरी सपिङ गर्दा रिवार्ड प्वाइन्टहरु समेत पाइन्छ। ड्यानल फिनटेकले बनाएको यो एपको प्रयोगले विभिन्न ब्यापार व्यवसाय तथा त्यसका ग्राहकहरुलाई हरेक दिन क्रि’प्टोकरे’न्सीकै प्रयोग गरि किनमेल गर्न सहजता प्रदान गरको छ। सबै क्रि’प्टोकरे’न्सीका कारोबारहरु यसै एपभित्रबाट हुनेछ।

प्रतिकृया दिनुहोस्