Tuesday, July 27

असार १७ बाट मनकामना स्मार्ट लघुवित्तको आइपिओ खुल्ने, जानौं कहिलेसम्म आवेदन दिन सकिन्छ?

July 1, 2021 144

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते (भोली) देखि आइपीओ नि’ष्काशन गर्ने भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा असार २१ गतेसम्म आवेद’न दिन सकिने छ । त्यस अवधिमा माग अनुसार आवेद’न नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

बजारमा उ’च्च मूल्य हुन सक्ने जीवन विकास लघुवित्तको आइपिओमा अहिले सम्म कतिले भरे? जानिराखौं

काठमाण्डौ – असार ११ गतेदेखि प्राथमिक शेयर निष्कासन गरेको जिवन विकास लद्युवित्तको शेयरमा माग भन्दा १० गुणा बढिको आवेदन परेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार बिहान १०:३० बजेसम्ममा १३ लाख १५ हजार ३१० जना आवेदकबाट २ अर्ब ३८ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ३८ हजार ९ सय ४० कित्ता कित्ता सेयरका लागि आवेदन परेको हो । यो मागभन्दा १०.८४ गुणा बढी हो ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आज असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवे’दन दिनु उपयुक्त देखिन्छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपिओ नि’ष्काशनको अनु’मति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ नि’ष्काशनको अनुमति माग गर्दै सेबोनमा नि’वेदन पे’श गरेको थियो ।

प्रतिकृया दिनुहोस्