Saturday, September 25

पहिलो दिनमै झण्डै आधा बिक्यो इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ

January 15, 2021 649

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिआज आज अर्थात माघ २ गतेबाट सर्वसाधारणका लागि खुलेको छ।

कम्पनीले रु १०० अङ्कित ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपि‍‌ओ जारी गर्न लागेको हो। यो नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपिओ हो। आजबाट खुलेको यसको आइपिओ चाँडोमा अर्थात सबै कित्ता सेयर विकेमा माघ ६ गते तथा सबै नबिके ढिलोमा माघ १६ गतेसम्म खुल्नेछ।

जम्मा खुलेको ८ करोड कित्ता सेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता यसै कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ भने ५ प्रतिशतले हुन आउने आउने ४० लाख कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएपछि बाँकी हुन आउने ७ करोड ५८ लाख ४० हजार कित्तामा भने सर्वसाधारण नागरिकले आवेदन गर्न सक्नेछन्।

यस आइपिओको विक्री प्रवन्धक एनआइबिएल एस क्यपिटल रहेको छ। सिडिएस एण्ड क्लिएरिङ लिमिटेडले जनाए अनुसार आज २ लाख ८५ हजार ३१८ जनाबाट ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन भईसकेको छ। यसआधारमा, सर्वसाधारणलाई खुला गरेकोमध्ये ४८.८७% आइपीओ पहिलो दिनमै बिक्री भएको छ ।

प्रतिकृया दिनुहोस्