Tuesday, July 27

दक्षिणभन्दा उत्तर कोरियालीहरुको अंग्रेजी राम्रो, TOEFL परीक्षामा दक्षिणलाई जिते उत्तर कोरियालीले

July 3, 2021 243

अंग्रेजी भाषामा दक्षिण कोरियाभन्दा उत्तर कोरिया अगाडी रहेको एक रिपोर्टले देखाएको छ। टेष्ट अफ इङ्गलिस एज अ फरेन ल्याङ्गवेज अर्थात टोफेल परीक्षामा उत्तर कोरियालीहरु दक्षिणका भन्दा अगाडी रहेको देखिएको छ। टोफेल अंग्रेजी भाषाको दक्षता जाँच गर्ने एक महत्वपूर्ण परीक्षा हो।

अमेरीकी एक शिक्षा सम्बन्धी संस्था जसले विश्वभर टोफेल परीक्षा सन्चालन गर्दछ, इटिएसले सार्वजनिक गरेको रिपोर्टअनुसार सन २०२० को इन्टरनेटमा आधारित टोफेल परीक्षामा ‍औषतमा उत्तर कोरियालीहरुले १२० मा ८७ अङ्ग प्राप्त गरेका थिए। उत्तर कोरियाको ‍‍औषत टोफेल स्कोर सन २०१९ को भन्दा ४ अङ्कले बढेको हो। विश्वको ‍‍औषत टोफेल अङ्क पनि ८७ नै रहेको छ। तर दक्षिण कोरियाको यस्तो अङ्क भने ८६ मात्र रहेको पाइएको छ। दक्षिण कोरियाले सन २०१९ को भन्दा मात्र ३ अङ्क सुधार गर्न सकेको हो।

दक्षिण कोरियाली भन्दा उत्तर कोरियालीहरु सुनाई र बोलाईमा अब्बल रहेको देखिएको छ। टोफेल परीक्षाको रिडिङमा उत्तर कोरियालीहरुको औषतमा ३० अङ्कमा २२, लिस्निङमा २३, स्पिकिङमा २२ तथा राइटिङमा २१ रहेको पाइएको छ। त्यसैगरी दक्षिण कोरियालीहरुको भने रिडिङमा २२, लिस्निङमा पनि २२, स्पिकिङमा २१ तथा राइटिङमा पनि २१ रहेको रिपोर्टमा भेटिएको छ।

सन २०१९ मा दक्षिण कोरिया तथा उत्तर कोरिया दुबैको औषत टोफेल स्कोरु ८३ रहेको थियो। यो अङ्क त्यस बेलाको विश्वको औषत स्कोर थियो। उत्तर कोरियाको सन २०१० मा औषत टोफेल स्कोर ७८ रहेकोमा एक दशकमा उनिहरुको स्कोर ९ अङ्कले बढेको देखिन्छ। टोफेल परीक्षा सन्चालन गर्ने इटिएसले कुन देशबाट कतिजनाले यो परीक्षा दिए भन्ने जानकारी भने दिएको छैन।

उत्तर कोरियामा टोफेल परीक्षा सन्चालन गर्ने आधिकारीक निकाय नभएकाले गर्दा उनिहरुले चीन, युरोपका बिभिन्न देशहरुमा गइ यस्तो परीक्षा दिने गरेका छन। केही उत्तर कोरियालीहरु जापानमा पनि यस्तो परीक्षा दिने गरेको भेटिएको छ। (योनहाप)

प्रतिकृया दिनुहोस्