Wednesday, October 27

सउलको जनसंख्या ५ बर्ष यताकै सबैभन्दा कम

July 4, 2021 513

दक्षिण कोरियाको राजधानी सउलको जनसंख्या ५ बर्ष यताकै सबैभन्दा कम पुगेको छ। यो केहि समय अवधि यताकै ठूलो घटाई हो। राजधानी सउलका अपार्टमेन्टहरुको भाउ ह्वात्तै बढेपछि यहाँ बसोबास गरिरहेका मानिसहरु राजधानी सउल छाडेर अन्य शहरतिर जाने चलन बढ्दै गएपछि यहाँको जनसंख्या घटेको धेरैको ठम्याइ छ।

सरकारले केहि दिन अघि निकालेको रिपोर्टअनुसार जुन महिनामा सउलको जनसंख्या मात्र ९५ लाख ६० हजार मात्र रहेको छ। एक बर्षअघिको डाटासँग तुलना गर्दा यो संख्या १ लाख ५४ हजार ८ सय ५६ अर्थात १.५९ प्रतिशतले घटैको हो। यो घटाई गत ५ बर्षयताकै सबैभन्दा ठूलो हो।

सन २०१६ को जुन महिनामा सउलको जनसंख्या ९९ लाख ९० हजार थियो। त्यसयता यहाँको जनसंख्या घटिरहेको छ। यो डाटामा यहाँ बसोबास गरिरहेका विदेशी नागरिकलाई समावेश भने गरिएको छैन। विगत केहि बर्षदेखि नै राजधानीको जनसंख्या घटिरहेकाले यो नयाँ विषय भने हैन। राजधानीमा घर जग्गा तथा अपार्टमेण्टको मूल्यमा निरन्तर बृध्दि भएका कारण महङ्गीले गर्दा यहाँ बसोबास गर्ने मानिसहरु अन्य शहरहरुमा बसाई सरेकाले जनसंख्या घटेको धेरैको अनुमान गरहेको छ।

कोरियाका २५ वटा जिल्लाहरुमध्ये नोवन जिल्लमा सबैभन्दा धेरै जनसंख्या घटेको डाटाले देखाएको छ। यहाँको जनसंख्या अघिल्लो बर्ष ५ लाख २८ हजार ८ स य ८७ रहेकोमा घटेर ५ लाख १५ हजार ९ सय ९७ मा झरेको पाइएको छ। मात्र २ ठाउँमा जनसंख्या बढेको देखिएको छ। खाङदोङ र योङदोङपोमा भने जनसंख्या बढेको देखिएको छ। (योनहाप)

प्रतिकृया दिनुहोस्