Friday, June 25

कुन बैंकबाट सेयर भर्दा कति शुल्क लाग्छ?

January 16, 2021 507

सिडिएस एण्ड क्लियरिङ लिमिटेड र नेपाल धितोपत्र बोर्डले सेन्ट्रलाइज्ड एप्लिकेसन फर आस्बा वेस्ड इस्युऐन्स (सी–आस्बा) प्रणाली सिडिएससीको मेरोसेयर वेवसाईट तथा मोबाईल एप्सबाट अहिले प्राथमिक सेयर तथा हकप्रद सेयरको आवेदन घरमै बसि अनलाईन भर्न सहज भएको छ। यसबाट बैंकमा लाइन बसेर आवेदन दिनपर्ने समय बचत भएको छ

यसबापत बैंक तथा वित्तीय संस्थाले आवेदन भर्दा फरक फरक शुल्क लिने गरेका छन् । कतिपय बैंकहरुले आफ्ना ग्राहकलाई सुविधा दिनका लागि तथा बैंकतर्फ आकर्षण बढाउनको लागि निःशुल्क आस्वा सेवा उपलब्ध गराएका छन्।

बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराएवापत बढीमा १ सय रुपैयाँ लिन पाउने प्रावधान नेपाल धितोपत्र बोर्डले ल्याएको आस्वा निर्देशिकामा रहेको छ।

बैंक तथा वित्तीय संस्थाले आस्वा सेवा उपलब्ध गराए वापत लिने सेवा शुल्कमा एकरुपता कायम हुन सकेको छैन। जसका कारण लगानीकर्ता हौरानीमा परेका छन् । केही बैंकहरुले अत्याधिक शुल्क लिएको आरोप समेत लगानीकर्ताहरुले लगाउँदै आएका छन्।

हेरौं कुन बैंकले कति लिन्छन आश्वा शुल्क:

  1. कृषि विकास बैंक : रु १०
  2. बैंक अफ काठमाण्डू लिमिटेड : निशुल्क
  3. सिभिल बैंक : रु १०
  4. सेन्चुरी कमर्शियल बैंक : निशुल्क
  5. सिटिजन्स बैंक इन्टरनेशनल : रु २०
  6. एभरेष्ट बैंक : रु २०
  7. ग्लोबल आइएमइ बैंक : निशुल्क
  8. हिमालयन बैंक : निशुल्क
  9. कुमारी बैंक : रु २०
  10. माछापुछ्रे बैंक : रु १०
  11. मेगा बैंक : निशुल्क
  12. नविल बैंक : निशुल्क
  13. नेपाल बंगलादेश बैंक : निशुल्क
  14. नेपाल बैंक : रु २५
  15. एनसिसी बैंक : निशुल्क
  16. नेपाल इन्भेष्टमेण्ट बैंक : रु २०
  17. एनआइसि एसिया बैंक : निशुल्क
  18. एनएमबी बैंक : रु २०
  19. प्राइम कमर्शियल बैंक : निशुल्क
  20. प्रभु बैंक : रु १
  21. राष्ट्रिय बाणिज्य बैंक : निशुल्क
  22. सानिमा बैंक : निशुल्क
  23. नेपाल एसबिआइ बैंक : रु २५
  24. सिध्दार्थ बैंक : निशुल्क
  25. स्टाण्डर्ड चार्टर्ड बैंक : रु १००
  26. सनराईज बैंक : रु १०
  27. लक्ष्मी बैंक : रु २५

नोट: बैंकले समयअनुसार आश्वा शुल्क परिवर्तन गरिरहने भएकाले यहाँ उल्लेख गरिएभन्दा फरक पर्न पनि सक्छ।

प्रतिकृया दिनुहोस्