Wednesday, October 27

किम जोङले मुन जे इनलाई उपहार दिएको कुकुरले पायो ७ वटा बच्चा

July 4, 2021 411

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले ७ वटा भरखरै जन्मेका कुकुरका बच्चा सहितको फोटो सार्वजनिक गरेका छन। उनको यो कुकुरको नाम मारु हो।  यो कुकुर उनका लागि खास छ किनभने यो उनलाई उत्तर कोरियाका शाशक किम जङ उनले दिएका थिए। उनलाई किम जङ उनले २ वटा कुकर केहि समय अघि उपहार दिएका हुन।

किम जङ उनले मुन जे इनलाई पुङसान जातको एक जोडी कुकुर उपहार दिएका थिए। सोङकाङ र गोमी नाम गरेका यि कुकुर सन २०१८ मा फ्योङहाङमा भएको समिटका क्रममा मुन जे इनले उपाहार पाएका थिए। यो पुङसान जातका कुकुर उत्तर कोरियाको एक महत्वपुर्ण कुकुरको जात हो। यि कुकुरहरुलाई सिकार खेल्नका लागि विषेश गरि प्रयोग गर्ने गरिन्थ्यो।

मुन जे इनले आफ्नो फेसबुकमा गोमीले ७ वटा बच्चा जन्माएको भन्दै लेखेका छन। वच्चा जन्मेको ४ हप्ता वितिसकेको र बच्चाहरु हुर्किरहेको समेत फेसबुकमा लेखेका छन। बच्चाहरुको नाम अहिलेसम्म नराखिएको र ७ वटा भएकाले नाम छान्न पनि गाह्रो पर्ने उनले भनेका छन।

सन २०१८ को नोभेम्बरमा पनि यहि गोमी नामको कुकुरले ६ वटा बच्चा जन्माएकी थिइन। यि बच्चाहरु कोरियाका चारवटा स्थानिय सरकारहरुलाई बाँडिएको थियो। सउल, इन्छन, थेजन र ख्वाङ्जु सरकारलाई ति बच्चाहरु हस्तान्तरण गरिएको थियो। यो पुङसान जातका कुकुर उत्तर कोरियाको हिमाली क्षेत्रमा पालिने कुकुरका जात हुन।

यो जातका कुकुरहरु जङ्गली जनावरहरु शिकार गर्नका लागि माहिर हुन्छन। यि जातका कुकुरहरु स्मार्ट तथा डरलाग्दा हुन्छन भने आफ्ना मालिकप्रति बफादार तथा मिलनसार समेत हुने गर्दछन। मुन जे इनको अफिसले दिएको जानकारी अनुसार साङकोङ र गोमी यि दुइ कुकुर सन २०१७ मा जन्मेका थिए। (कोरियाटाइम्स)

प्रतिकृया दिनुहोस्