Tuesday, July 27

कोरियाको कृषिजन्य सामाग्रीको निर्यात अहिलेसम्मकै उच्च

July 6, 2021 243

सन २०२१ को पहिलो ६ महिनामा दक्षिण कोरियाको कृषिजन्य सामाग्रीहरुको निर्यात अहिलेसम्मकै सबैभन्दा धेरै रहेको तथ्याङ्ग मंगलबार सार्वजनिक गरिएको छ। विश्वभर फै’लिएको को’रोना भा’इरस म’हामा’रीका विचमा स्वास्थबर्धक खानेकुराहरुको माग विश्वभर बढिरहेका कारण कोरियाको कृषिजन्य सामाग्रीहरुको माग बढेको हो।

जनवरी महिनादेखि जुन महिनाको ६ महिनाको अवधिमा कोरियाले ४.१५ बिलियन डलर बराबरको यस्तो सामाग्री निर्यात गरेको छ। यो निर्यात अघिल्लो बर्षको यहि अवधिको तुलनामा १५.४ प्रतिशले बढि हो। यो डाटा कोरियाको कृषि, खाध्य तथा स्थानिय मन्त्रालयले निकालेको हो।

फ्रेश फलफूल तथा तरकारीको निर्यात यस अवधिमा ११.४ प्रतिशतले बढेर ७ सय १७ दशमलब ८ मिलियन डलर पुगेको छ भने प्रसोधित खाध्य पदार्थको निर्यात भने १६.२ प्रतिशतले बढेर ३.४ बिलियन डलर पुगेको छ। तिब्र गतिमा भ्याकसि’न लगाईरहेका देशहरुमा कोरियाका खाध्य पदार्थहरुको माग बढेको छ। अमेरिका, चीनजस्ता देशहरुमा ड्रीङ्कस, स्नाक्स तथा ससको माग बढेको छ।

अमेरिकामा कृषिजन्य पदार्थको निर्यात १३.६ प्रतिशतले बढेर ६३४.६ मिलियन डलर पुगेको छ भने चीनतर्फको निर्यात १९.२ प्रतिशतले बढेर ६२१.७ मिलियन डलर पुगेको छ। कोरोनाको केशहरु उच्च रहेका देशहरुले कोरियाबाट तयारी खानेकुरा तथा खिम्ची उच्च रुपमा किनिरहेको तथ्याङ्कले देखाएको छ।

दक्षिण एशियाली देशहरुमा कोरियाको निर्यात २८.२ प्रतिशतले बढेर ९३६.७ मिलियन डलर पुगेको छ भने जापानतर्फको निर्यात पनि ५.४ प्रतिशतले बढेर ६९८.७ मिलियन डलर पुगेको छ। यस अवधिमा खिम्चीको निर्यात २०.१ प्रतिशतले बढेर ८६.८ मिलियन डलर पुगेको छ भने स्ट्रबेरीको निर्यात २५ प्रतिशतले बढि ४८.९ मिलियन डलर पुगेको छ। (योनहाप)

प्रतिकृया दिनुहोस्