काठमाडौं : यसवर्षको साउनमा पनि पशुपतिनाथ मन्दिर बन्द रहने भएको छ। को’भिडको जोखिम कायमै रहेकाले साउनमा पनि भक्तजनका लागि मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। नयाँ भेरियन्टसहितको को’रो ना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।
वैशाख १६ गतेदेखि सरकारले को’रो नाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो। असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन। मन्दिर क्षेत्रमा म्ुख्य ढोकामा ताला लगाइएको छ। कोषका सदस्य सचिव डा.प्रदीप ढकाले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नरहेको बताए। साउनमा देशका विभिन्न भागका साथै भारत लगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गरेका छन्।
गत वर्ष पनि साउनमा पशुपति नाथ मन्दिर बन्द थियो। गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो। विसं २०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्त सम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । गत पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्यान्नसम्म खुला गरिएको थियो ।
महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो। वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्य सचिव डा.ढकाल वातावरण सामा न्य बन्दै गए तीजमा भने मन्दिर खोल्न सकिने बताउछन्। कोरानाका कारण पशुपति क्षेत्र सुनसान छ। भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ ।
पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइ रहेको छ । को’रो नाका कारण नि’धन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय श,वदाह गृह लगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ । को’रा ना उच्च बिन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो साता सम्म दैनिक २०० सम्म श,व आएको कोषले जनाएको छ । विद्युतीय श,वदाह गृहको क्षमताले नधानेपछि वाग्मती किनारमै पनि को’रो नाबाट नि’धन भएकाको श,व ज’लाइएको थियो । पशुपति क्षेत्रमा विद्युतीय समेत १५ घाट सेवा उपलब्ध छ। रासस
प्रतिकृया दिनुहोस्