Tuesday, July 27

सउलमा हरेक ३ मा १ युवाले जीन्दगीमा यौ%न अ’नुभव गर्न सकेका छैनन : एक अध्यन

July 6, 2021 481

दक्षिण कोरियाको राजधानी सउलमा हरेक ३ मध्ये १ युवाको जीन्दगी यौ*नविहिन रहेको एक अध्यनले देखाएको छ। गत १ बर्षदेखि यहाँ बसोबास गरिरहेका युवामा करिब ३३ प्रतिशतले यसको अ’नुभव गर्न पाएका छैनन। यस्तो प्रतिशत विगत २० बर्षभन्दा अहिले ३ गुणा बढेको रि’पोर्टले बताएको छ। यो समस्या मुख्यगरी पु’रुषहरुमा धेरै छ भने उमेरका हिसाबले २० बर्ष छेउछाउमा धे’रै रहेको पाइएको छ।

योनसेइ विश्वविध्यालयका समाजशास्त्रका प्रोफेसर योम यो सिक र इन्टरनल मेडि’सिन डिपार्टका प्रोफेसर छोइ जुन योङले गरेको संयुक्त अध्यनमा गत १ बर्षदेखि यहाँका करिब ३६ प्रतिशत बासिन्दाले यौ’न स’म्प’र्क गर्न सकेका छैनन। यो अध्यन सउलमा बसोबास गरिरहेका करिब २ हजार १ सय ८२ जना युवाहरुमा गरिएको अध्य’नका आधारमा तयार पारिएको थियो।

यो पनि पढौ : विदेशी बिवाह गर्ने कोरियनहरुको संख्या बढ्दो

दक्षिण कोरियामा विदेशीसँग वि’वाह गर्नेहरुको संख्या अहिले ब’ढ्दो गतिमा रहेको छ। गत एक दशकको मध्यतिर यस्तो संख्यामा केहि कमि आएतापनि अहिले फेरि बढिरहेको पाइएको छ। कोरियामा विवाहका लागि खासगरी के’टीमान्छेहरु पाउन मु’श्कि’ल हुन थालेपछि विदेशी महिलाहरुसँग विवाह गर्ने कोरियन पुरुषहरु धेरै रहेका छन्।

कोरिया सरकारको तथ्याङ्कअनुसार सन २०१६ मा विदेशीसँग गरिएको विवाह संख्या २० हजार ५ सय ९१ रहेको थियो। यो संख्या सन २००५ भन्दा घटेको हो। सन २००५ मा विदेशीसँग ४२ हजार ३ सय ५६ जना कोरियनको विवाह भएको थियो। यो संख्या विस्तारै बढ्दै गएर सन २०१९ मा २३ हजार ६ सय ४३ पुग्यो। कोरियामा कुल बिबाह गर्नेहरुको संख्या घ’ट्दै गएतापनि विदेशी नागरिकसँग विवाह गर्नेहरुको संख्याभने ब’ढ्दै गइरहेको छ।

केहि बर्ष पहिले कोरियाको गाउँ क्षेत्रका पुरुषको विवाह हुने सम्भावना कम हुन्थ्यो किनभे उनिहरुका लागि आफ्ना जोडी भेट्न मुश्किल हुने गर्थ्यो। यसकारण उनिहरु विदेशीसँग विवाह गर्ने गर्दथे। तर आजकाल विदेशमा काम गर्न जाँदा वा पढ्न जाँदा विदेशीसँग बिवाह गर्ने कोरियनहरुको संख्या पनि बढ्दो छ। विदेशीसँग विवाह गर्ने ट्रेण्ड अब गाउँ क्षेत्रबाट शहरी क्षेत्रमा समेत फैलिएको छ।

यसैगरी कोरियनहरुले बिभिन्न देशका नागरिकसँग विवाह गरेको पाइएको छ। सन २००९ मा ११ हजार ३ सय ६४ जना कोरियन पुरुषले चिनियाँ महिलासँग विवाह गरेका थिए। यो संख्या त्यस बर्ष विदेशीहरुसँग विवाह गरेका पुरुषहरुको संख्याको ४५ प्रतिशत हो। भियतनामी महिलासँग विवाह गर्ने पुरुष २९ प्रतिशत रहेका थिए। तर सन २०१९ मा भियतनामी महिलाहरुसँग विवाह गर्ने कोरियन पुरुषको संख्या ६ हजार ७ सय १२ थियो। यो संख्या ३८ प्रतिशत हो। सन २०१९ मा चिनियाँ महिलासँग विवाह गर्ने कोरियन मात्र २१ प्रतिशत थियो। त्यसैगरी अमेरीकी महिलासँग विवाह गर्ने कोरियन १२ प्रतिशत थिए।

महिलातर्फ सन २००९ मा ३२ प्रतिशत कोरियन महिलाहरले चिनियाँ पुरुषसँग विवाह गरेका थिए। ३० प्रतिशतले जापानी पुरुषसँग तथा १६ प्रतिशतले अमेरिकन पुरुषसँग विवाह गरेका थिए। तर सन २०१९ मा आइपुग्दा ३८ प्रतिशत कोरियन महिलाहरुले विभिन्न देशका पुरुष सँग विवाह गरे भने २५ प्रतिशतले अमेरिकनसँग विवाह गरे भने २३ प्रतिशतले चिनियाँसँग विवाह गरे।

प्रतिकृया दिनुहोस्