Wednesday, October 27

एक काठ मिस्त्री यसरी बने कोरियाकै ठूलो निर्माण कम्पनीको मालिक, किन्दैछन Daewoo इन्जिनियरिङ कम्पनी

July 7, 2021 524

दक्षिण कोरियाको ठूला मध्येको एक ‘देउ इन्जिनियरीङ एण्ड कन्स्ट्रक्सन’ कम्पनी किन्न लागेको एउटा मानिस अहिले कोरियामा सबैको च’र्चामा रहेका छन। उनि हुन छुङ चाङ-सन। उनि छुङहुङ ग्रुपका फाउण्डर तथा चेयरमेन समेत हुन। कोरियाको निर्माण क्षेत्रमा एक सामान्य कामदारबाट ठूलो कम्पनी ख’डा गर्न सफल एक ब्यवसायी छुङ चाङ सनलाई यो क्षेत्र बाहिरका मानिसले त्यति खासै चिन्दैनन थिए। तर कोरियाकै पुरानो र ठूलो ‘देउ इन्जिनियरीङ एण्ड कन्स्ट्रक्सन’ कम्पनी किन्न उनको कम्पनी छनौट भएपछि भने उनको च’र्चा चु’लिएको छ।

उनले ‘छुङहुङ ग्रुप’ नामक कम्पनी कोरियाको दक्षिणी क्षेत्रमा रहेको ख्वाङ्जु शहरमा स्थापना गरेका थिए। ग’र्विलो इतिहाँस बोकेको कोरियाको छैठौ ठूलो कन्सट्रक्सन कम्पनीलाई किन्न बिडीङ प्रोसेसमा छनौट भएपछि छुङ चाङ-सनको चर्चा मंगलबार कोरियाको मुख्य मिडियाह’रुमा चुलिएको थियो। मिडियाहरुले जनाएअनुसार उनले देउ इन्जिनियरीङ एण्ड कन्स्ट्रक्सन कम्पनी किन्नका लागि २.१ ट्रिलियन वनको वि’ड लगाएका छन।

अहिले सन्चालनमा नरहेको ‘देउ ग्रुप’ को एउटा मुख्य सहायक कम्पनी थियो ‘देउ इन्जिनियरीङ एण्ड कन्स्ट्रक्सन कम्पनी’। देउ ग्रुप १९९० को दशकमा देशकै सबैभन्दा ठूलो विजनेश ग्रुप थियो। यदि छुङ चाङ-सनले यो कम्पनी किन्न सफल भए भने उनि कोरियाकै कन्स्ट्रक्सन क्षेत्रमा एउटा ठूलो कम्पनीका मालिक बन्नेछन।

छुङ चाङ-सन १९४३ मा ख्वाङ्जु शहरमा जन्मिएका थिए। उनले १९ बर्षको उमेरदेखि एउटा सामान्य काठ मिस्त्रीका रुपमा आफ्नो जीन्दगी सुरु गरेका थिए। सन १९८३ मा उनले यस क्षेत्रमा केहि अनुभव बटुलेपछि ‘ख्येनाम हाउजिङ कन्सट्रक्सन’ कम्पनी खोलेका थिए। उनले यो कम्पनी कन्सट्रक्सन साइटमा काम गर्दा चिनजान भएका साथिभाईसँग मिलेर खोलेका थिए।

उनले सन १९८९ मा ‘जुङह्यङ कन्सट्रक्सन’, ‘जुङह्यङ जेनरल कन्सट्रक्सन’ सन १९९३ मा र ‘सेहेयुङ कन्सट्रक्सन’ सन १९९४ मा स्थापना गरे। उनले मुख्यगरी छल्लाबुक्दो तथा छल्लानाम्दो क्षेत्रमा आफ्नो उपस्थितीलाई दह्रो बनाएका थिए। सुरु सुरुमा उनले आफ्नो निर्माण व्यवसाय ग्रामिण क्षेत्रमा वि’स्तार गरे। उनको कम्पनीले ‘कोरिया ल्याण्ड एण्ड हाउजिङ कर्पोरेशन’ सँग मिलेर धेरै निर्माण काम सम्पन्न गर्यो।

७८ बर्षिय छुङ चाङ सनलाई कोरियामा गरिब बाट धनी भएका एक ब्यवसायीका रुपमा धेरैले चिन्ने गर्दछन। उनि यति धेरै सफल भएतापनि अहिले पनि आफ्नो कम्पनीको हेड अपिसको नजिकमा रहेको सानो होटलमा खाना खान्छन। स्थानियले घ’रायसी तरिकाले बनाएको ७ हजार वन पर्ने खाना उनि अहिले पनि खाने गर्दछन। उनि अहिले पनि ३ कुरालाई आफ्नो मुख्य प्रिन्सिपल ठान्छन। एक हो आफ्नो व्यवसायसँग सम्बन्ध नभएका कुनै पनि सम्पति खरिद नगर्ने। दुइ हो कसैलाई पनि अ’न्धो पाराले पुरै विश्वास नगर्ने र तिन हो आफूलाई घाटा हुने अर्डर नलिने। (कोरियाहेराल्ड)

प्रतिकृया दिनुहोस्