दक्षिण कोरियामा इ-९ भिजामा काम गरिरहेका कामदारहरुलाई फाइदा हुने गरि भिजा सम्बन्धि नियम परिवर्तन हुने भएको छ। अदक्ष विदेशी कामदारको भिजा इ-९ बाट लामो समय बस्न पाउने इ-७ भिजामा परिवर्तन गर्न पाइने कोटा सन २०२५ सम्मा बढाएर २५०० पुर्याउन लागिएको कोरिया सरकारले बुधबार जानकारी दिएको छ। अहिले बर्षेनी १ हजार २ सय ५० जनाको यस्तो कोटा रहेको छ।
सीप भएका कामदारहरुलाई सजिलै र छिटै एफ-२ भिजा दिइने भएको छ। तोकिएको मापदण्ड पूरा गरेको खण्डमा यस्तो भिजा दिइनेछ। निश्चित आम्दानी भएको खण्डमा शैक्षिक योग्यता अथवा काम गरेको अनुभवको मापदण्ड पनि लचिलो बनाइन लागिएको बताइएको छ। अर्थात उच्च आम्दानी भएका कामदारले कोरियामा लामो समय बस्न पाउने भिजा पाउन सजिलो बनाइन लागेको छ।
तर विदेशी नागरिकलाई यस्तो भिजा प्राप्त गर्न आवश्यक पर्ने आम्दानीको लेभल अझ बढाईन लागेको छ ताकी यदि विदेशी कामदार त्यस काममा कोरियनको सट्टामा राख्न नपाउन। विदेशी नागरिक जोसँग कोरियाको सरकारले चिन्ने किसिमको सीप र क्षमता छ जसलाई सरकारले ग्रोथ इन्जिन इन्डष्ट्रिजका रुपमा हेर्ने गरेको छ त्यस्ता नागरिकले लामो समय कोरिया बस्ने भिजा पाउन सक्नेछन।
बुधबार कोरियाको न्याय तथा अर्थ मन्त्रालयले सीप भएका कामदारलाई सहि तरिकाले प्रयोग गर्न यस्तो किसिमको नियमहरु ल्याउन लागिएको बताएको हो। कोरियाको काम गर्ने उमेरका नागरिकको संख्या घटिरहेको स्थितिमा त्यहाँका उध्योगहरुमा चाहिने दक्ष कामदारको परिपूर्ति गर्नका लागि सरकारले यस्ता योजना अघि बढाएको हो। (कोरिया हेराल्ड)
प्रतिकृया दिनुहोस्