Wednesday, October 27

कोरियामा कर उठ्ने क्रम बढ्दो, चालु बर्षको पहिलो पाँच महिनामै उठ्यो १ हजार ६ सय १८ खर्ब वन

July 9, 2021 531

दक्षिण कोरियामा कर उठ्ने क्रम बढेको छ। गत बर्षको मे महिनाको भन्दा यस बर्षको मे महिनामा १ सय ८ खर्ब कर रकम बृध्दि भएको छ। को’रोनाका विच पनि कोरियाको अर्थतन्त्रमा सुधार आउनुका साथै स्टक तथा घरजग्गा बजारमा आएको बुलका कारण पनि कर रकममा उल्लेख्य बृध्दि भएको बुझिएको छ।

कोरियाले मे महिनामा मात्रै २ सय ८४ खर्ब वन कर उठाउन सफल भएको छ। गत बर्षको मे महिनामा कोरियामा १ सय ७६ खर्ब वन कर उठेको कोरियाको अर्थ तथा फाइनान्स मन्त्रालयले बताएको छ। सम्पत्ति बजारमा भएको बृध्दिका कारण क्यापिटल गेन ट्याक्समा उल्लेख्य बृध्दि हुँदा यो सम्भव भएको मन्त्रालयले बताएको छ। यो बर्ष जनवरी देखि मे महिनासम्ममा कोरियामा १ हजार ६ सय १८ खर्ब वन कर उठेको छ। यो रकम गत बर्ष यसै अवधिमा भन्दा ४ सय ३६ खर्ब वनले बढेको हो।

कोरियाको चालु बर्षको पहिलो ५ महिनामा कर सहित कुल राजश्व २ हजार ६ सय १४ खर्व वन उठेको छ। यो रकम गत बर्षको यसै अवधिको तुलनामा ६ सय ३२ खर्व वनले बढेको हो। त्यसैगरी कोरियाको कुल औषत खर्च २ सय २४ खर्व वनले बढेर २ हजार ८ सय १९ खर्व वन पुगेको छ। को’रोना म’हा’मारी रो’कथाममा धेरै रकम खर्च भएपछि यस्तो खर्चमा बृध्दि भएको बताइएको छ।

कोरियन सरकारको केन्द्रिय ऋण ८ हजार ९ सय ९८ खर्व वन पुगेको छ। यो ऋण गत बर्षको अन्तिममा ८ हजार १ सय ९२ खर्व वन रहेको थियो। दक्षिण कोरियाले केहि समय अघिमात्रै ३ सय ३० खर्व वन बराबरको छुट्टै बजेट ल्याएको थियो। को’भि’ड रि’लिफ फ’ण्डका लागि यस्तो बजेट ल्याइएको थियो। कोरियाले यो बर्ष २० खर्व वन राष्ट्रिय ऋण तिर्ने लक्ष राखेको छ। (फोटो तथा समाचार श्रोत योनहाप)

प्रतिकृया दिनुहोस्