Wednesday, October 27

नेपाली कामदार कोरिया पठाउन सुरु भयो सकारात्मक काम, कोरियाले राखेको कोरोना बीमाको शर्तका लागि काम अघि बढ्यो

July 8, 2021 426

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो ।
कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिएको छ तर कोरिया प्रवेश गर्ने नेपालीले निश्चित मापदण्ड भने पालना गर्नुपर्ने सर्त उसले राखेको उहाँको भनाइ छ। महानिर्देशक दवाडीका अनुसार एचआरडीको पहिलो सर्त नियमित उडान खुला हुनुपर्नेछ।

कोरियाले श्रमिक लैजाँदा नेपालबाट सीधै कोरिया उडान हुनुपर्ने, त्यहाँ पुगेर कोरोना बिमा गर्नु पर्ने र त्यहाँ श्रमिकले आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्ने सर्त राखेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए। यी सर्त पुरा गर्ने भएमा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउने कोरियाले बताएको महानिर्देशक दवाडीले बताए।

कोरियाले राखेको कोरोना बीमासम्मबन्धि कामले गति लिएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले यस सम्बन्धि काम अघि बढाएको छ। शाखाले आज एक सूचना प्रकाशित गर्दै कोभिड बीमा गर्न इच्छुक बीमा कम्पनीहरुलाई सूचिकृत हुन आउन भन्दै सूचना जारी गरेको छ। सूचनामा यसो भनिएको छ “रोजगार अनुमति प्रणाली (EPS) सन्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदारहरुको कोरिया पुगेको मितीबाट १४ दिन सम्मको लागि ५ हजार डलर बराबरको कोभिड १९ बीमा गराउनुपर्ने भएकाले तोकिए बमोजिमको वीमा प्रिमियम वापतको रकम कुनै सेवा शुल्क नलिइ र नकटाई सेवा प्रदान गर्न इच्छुक वीमा कम्पनीहरुले मिती २०७८-०४-०७ गते भित्र वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखामा सूचिकृतका लागि संस्था दर्ताको आधिकारिक कागजातको प्रतिलिपी सहित निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।”

कोरोना महामारीका कारण गत वर्षदेखि नै ईपीएसको सबै प्रक्रिया पूरा गरी जाने तयारीमा रहेका आठ हजार बढी नेपाली श्रमिक दक्षिण कोरिया रोजगारीमा जान पाएका छैनन् । जस कारण कोरियाबाट रोजगार सम्झौतापत्र आइसकेका आठ हजार र तीन हजार बिदामा आएकाहरू गत वर्षदेखि नै रोकिएका छन्।

प्रतिकृया दिनुहोस्